आतंकवाद का कारण अफ्रिकी देशहरूको आर्थिक प्रगतिमा प्रतिकूल असर

संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनससी) मा भारतले बिहीबार आफ्नो पक्ष राख्दै सहेलर वरपर का क्षेत्रमा आतंकवादको खतरा गम्भीर चिन्ताको विषय भएको बताएको छ। सेप्टेम्बर महिनाको ११ तारिख मा भएको आतंकवादी हमला भएको २० वर्ष बितिसक्दा पनि यो विषय उत्तिकै महत्वपूर्ण भएको पनि भारतीय पक्षले बताएको छ।

'आतंकवाद र जलवायु परिवर्तन' विषय मा बसिएको युनएससी उच्च-स्तरीय खुला बहसमा संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले दिएको बयान अनुसार आतंकवाद का कारण अफ्रिकी देशहरूको आर्थिक प्रगतिमा प्रतिकूल असर परेको छ।

यस सन्दर्भमा उनले भने, "

"नाइजरका महामहिम राष्ट्रपतिको कथनले फेरि यस परिषदको ध्यान साहेल र वरपर का क्षेत्र मा खिचेको छ। यो वास्तवमा एक गम्भीर विश्वव्यापी चिन्ता हो। ९/११ को आतंककारी हमलापछि ऐतिहासिक संकल्प १३७३ पारित भएको २० वर्षपछि पनि आतंकवादविरुद्ध को लडाइँ महत्वपूर्ण छ।"

"जी ५ सहेल देशहरूमा सुरक्षा स्थिति, विशेष गरी, विगत तीन वर्षमा बिग्रँदै गएको छ। नागरिक र सुरक्षा बललाई लक्षित गरी धेरै आक्रमण भएका छन्।"

" महासचिवको आवधिक रिपोर्टहरूमा सहेल र वरपर का क्षेत्रमा आतंकवादी समूहहरूले खडा गरेको खतरालाई राम्रोसँग दस्तावेज गरिएको छ।"

अल-कायदा र सहाराका इस्लामिक स्टेट सँग आबद्ध जमाआ नुसरत उल-इस्लाम वा अल-मुस्लिमिनले आफ्ना गतिविधिहरू विस्तार गरेको उल्लेख गर्दै उनले अल कायदा र आईएसआईएससँग सम्बन्ध राख्ने समूहहरू र बोको हराम चाड तालको पूर्वी र उत्तरी किनारहरू वरिपरि विस्तार हुँदै गएको बताएका छन्।

केही दिन अघि मिनुस्मा विरुद्ध भएको आक्रमणमा टोगोका सात शान्ति सैनिक र एक मालियन नागरिक मारिएका थिए। यस घट्नाले सहेल क्षेत्रमा आतंकवादी र सशस्त्र समूहहरूले खडा गरेको खतरालाई देखाएको उनले बताएका छन्।

"शान्ति सैनिकहरूमाथि भएको आक्रमणको भारतले कडा निन्दा गर्दछ र ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ,ॐ।"

"भारत जी ५ सहेल बलले गरेको पहल र नाइजर सहित सहेलका देशहरूको संयुक्त प्रयास को प्रशंसा गर्दछ। यद्यपि, संयुक्त बल तालिम, स्रोतसाधन, रसद र दिगो र अनुमानित वित्तपोषणमा पहुँच जस्ता धेरै चुनौतीहरूबाट ग्रस्त छ - ती सबैले बलको पूर्ण परिचालनमा बाधा पुर्‍याएको छ," तिरुमूर्तिले भने।

उनले संयुक्त बलले हाल प्राप्त गरेका समर्थन अपर्याप्त र दिगो नभएको बताएका छन्। यस वास्तविकता बारे महासचिवले पनि आफ्नो प्रतिवेदन मा प्रकाश पारेका छन् र नाइजरका राष्ट्रपतिले पनि प्रतिध्वनित गरेका छन्।

" यो समय जी ५ सहेल संयुक्त बललाई पर्याप्त र दिगो स्रोतहरू, साथै तालिम र रसद सहयोग उपलब्ध गराउने समय हो।"

"एक स्रोत-प्रतिबन्धित प्रतिआतंकवाद रणनीति असफलता को कारक हुन सक्छ। परिषदले आफ्नो सुरक्षा पहलहरूमा क्षेत्रीय र उप-क्षेत्रीय संगठनहरूलाई समर्थन गरेर प्रभावकारी उपायहरू लिन आवश्यक छ, "उनले औंल्याए।

सहेल क्षेत्रमा आतंकवादको खतरा अहिले यस क्षेत्रले सामना गरिरहेका अन्य चुनौतीहरूभन्दा धेरै ठूलो र गम्भीर रहेको बताउँदै तिरुमूर्तिले प्रभावित देशका सशस्त्र बलहरूलाई क्षमता अभिवृद्धि सहायता विस्तार गर्न भारत सधैं तत्पर रहेको बताएका छन्।

यसबारे जानकारी दिदैं उनले भने, " यस सम्बन्धमा भारतले आईटेक प्रशिक्षण कार्यक्रम अन्तर्गत चाडलाई समावेश गरेको छ र गत वर्ष १० वटा सैन्य प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। यस वर्ष भारत ले लगभग २ सय जना नाइजेरियाली सेनालाई आतंकवाद विरोधी तालिम प्रदान गरेको छ।"

" यस परिषदले जी ५ सहेल बललाई चाहिने सबै सम्भावित सहयोग र समर्थन प्रदान गर्ने छ र यस क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वको व्यापक हितमा कार्य गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं।"