यस कार्यक्रम अन्तर्गत कुल ५० जना अधिकारीहरुलाई तालिम प्रदान गरिने

लोकतन्त्र र निर्वाचन व्यवस्थापन सम्बन्धी भारत अन्तर्राष्ट्रिय संस्थान (आईआईआईडीईएम) ले बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गर्दैछ।

भारतका मुख्य निर्वाचन आयुक्त सुशील चन्द्रले बिहीबार बंगलादेशी अधिकारीहरूलाई सम्बोधन गर्दै ईसिआई को समर्पित प्रशिक्षण संस्थानको रूपमा आईआईआईडीईएम ले निर्वाचन व्यवस्थापन निकायहरूका अधिकारीहरूका लागि यस्ता क्षमता विकास कार्यक्रमहरूको श्रृंखला आयोजना गर्दै आएको बताएका छन्।

उहाँले यी तालिम सत्रहरूले निर्वाचन व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू साझा गर्न र पारस्परिक रूपमा सिक्ने मञ्च प्रदान गर्ने बताउनुभयो ।

यस्ता कार्यक्रम मार्फत अधिकारीहरूले एकअर्काका चुनाव सञ्चालन गर्ने पद्धति बारे सिक्ने मौका पाउनेछन्।

यो कार्यक्रम बंगलादेश निर्वाचन आयोगको निर्वाचन आयोग सचिवालय परियोजना (एससीडिईसुएस) को सुदृढीकरण र क्षमता विकास को एक हिस्सा हो।

यस क्षमता विकास कार्यक्रममा बंगलादेश निर्वाचन आयोगका ५० जना अधिकारीहरूलाई तालिम दिइनेछ।

नोभेम्बर २९ देखि डिसेम्बर १० तारिख सम्मको पहिलो चरणमा २५ बंगलादेश निर्वाचन आयोगका अधिकारीहरुले तालिम लिएका थिए भने डिसेम्बर १० तारिख बाट शुरु जुने दोस्रो चरणमा अन्य २५ जनाले तालिम प्राप्त गर्नेछन्।

बीईसी सचिवालयसँग लागत साझेदारीको आधारमा आईआईआईडीईएम द्वारा आयोजना गरिएको यो पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम हो।

तालिम कार्यक्रममा निर्वाचन प्रशासन, मतदाता दर्ता प्रक्रिया, जिल्ला योजना तथा जोखिम नक्साङ्कन, निर्वाचन दिवसको अनुगमन लगायतका सी-भिजिल एपको प्रयोग लगायतका निर्वाचन व्यवस्थापनका विभिन्न पक्षबारे सत्रहरू सम्पन्न भएका थिए ।

प्रशिक्षण कार्यक्रमको क्रममा अधिकारीहरूले आगराको मतदाता दर्ता केन्द्रको भ्रमण गरेका थिए।

बयानका अनुसार अहिलेसम्म आईआईआईडीईएम ले ९० भन्दा बढी देशका अधिकारीहरूलाई तालिम दिएको छ।

भर्खरै सिएरा लियोनको राष्ट्रिय निर्वाचन आयोगका अधिकारीहरूका लागि दुई हप्ताको प्रशिक्षण कार्यक्रम पनि आयोजना गरिएको थियो।