सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) का नेता स्कोल्जद्वारा संसदमा भएको गोप्य मतदानमा जित हासिल

ओलाफ स्कोल्ज जर्मनीको नयाँ संघीय कुलपति को रुपमा निर्वाचित भएका छन् जसका लागि प्रधानमन्त्री मोदीले उनलाई बधाई दिएका छन्।

एक ट्वीटमा, प्रधानमन्त्रीले भने: "जर्मनीको संघीय कुलपति को रूपमा निर्वाचित भएकोमा @ओलाफस्कोल्ज लाई हार्दिक बधाई। भारत र जर्मनी बीचको रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन तत्पर।"

जर्मनीको नयाँ कुलपति स्कोल्जको नियुक्तिसँगै एन्जेला मर्केलको १६ वर्षे नेतृत्वको अन्त्य भएको छ ।

सेप्टेम्बरको संघीय चुनावमा एसपीडीको संकुचित विजय भएको थियो। महिनौंसम्मको वार्ताको परिणति पछि सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) का नेता स्कोल्जले अपेक्षा गरेअनुसार संसदमा गोप्य मतदान जितेका थिए।

जर्मनी हाल जलवायु परिवर्तनसँग लडिरहेको छ र कोरोनाभाइरस महामारीसँग जुधिरहेको छ। यस्तो बेला सोसल डेमोक्र्याटिक नेताले महत्वपूर्ण पद सम्हाल्दै छन्।

मिडिया रिपोर्टहरू अनुसार, सांसदहरूले ३९५-३०३ मत दिएर छ वटा बहिर्गमनका साथ स्कोल्जलाई निर्वाचित गरेको थियो। यो एक सहज बहुमत थियो। यद्यपि उनको तीन दलीय गठबन्धनले संसदको ७ सय ३६ सिट मा ४ सय १६ सिट हासिल गरेका छन्। कुलपति निर्वाचित हुँदा यो असामान्य परिस्थिति भने होइन। केही सांसदहरू बिरामी वा क्वारेन्टाइनमा थिए।

सन् २०१८ देखि ६३ वर्षीय स्कोल्जले जर्मनीका उपकुलपति र वित्त मन्त्रीको रूपमा कार्यभार सम्हाल्दै आएका थिए। उनी केन्द्र-वामपन्थी सोशल डेमोक्र्याट, पर्यावरणवादी ग्रीन्स र प्रो-बिजनेस फ्री डेमोक्र्याटहरूको अप्रत्यक्ष गठबन्धन बाट अनुभव र अनुशासनका धनी वक्तित्व हुन्।

तीन दलहरूले पूर्व प्रतिद्वन्द्वीहरूको संयोजनलाई प्रगतिशील गठबन्धनको रूपमा चित्रण गरिरहेका छन्। जसले मर्केलको कार्यालय भन्दा नँया जोश जाँगर ले कार्य गर्ने अपेक्षा गरिएको छ।

सरकारले बलियो युरोपेली संघको पक्षमा उभिने र एटलान्टिक गठबन्धनको पालनपोषण गर्ने भन्दै स्कोल्जले विदेश नीतिमा निरन्तरताको सङ्केत गरेका छन्।

उनी शुक्रबार पेरिसको पहिलो विदेश भ्रमण मा‌ जाँदैछन्। जर्मन मा कुलपति को रुपमा निर्वाचित भएपछि पेरिस भ्रमण गर्नु एक परम्परा नै हो। त्यसपछि उनी युरोपेली संघ र नेटोका नेता लाई भेट्न सोही दिन ब्रसेल्स जानेछन्।