छिमेक मा संकट पर्दा सबैभन्दा पहिले सहयोगको हात बढाउने भारतको परम्परा

भारत र श्रीलंका र तथा दुई देशका जनता बीच निकै सौहार्दपूर्ण सम्बन्ध छ।‌‌ यसैको प्रतीक दिदैं भारतीय माझी जहाजले ६ जना श्रीलंकाली माझी को उद्धार गरेका छन्। तिनले श्रीलंकाली डुङ्गालाई सुरक्षित स्थानमा सारेका छन्।‌

श्रीलंकास्थित भारतीय उच्चायोगले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार इमुल-ए-००३९-टिएलइ दर्ता नम्बर भएको श्रीलंकाको माछा मार्ने जहाज लुलु-०१ डिसेम्बर महिनाको २ तारिख देखि निकै कठिनाइको सामना गरिरहेको थियो।

उत्तर चेन्नईबाट २४ नटिकल माइल नामक भारतीय माछा मार्ने डुङ्गाले यसलाई देखेको थियो।

श्रीलंकाली जहाज र त्यसमा सवार यात्रुको सुरक्षाका लागि चिन्तित भारतीय माछा मार्ने डुङ्गाले श्रीलंकाको जहाजलाई सफलतापूर्वक अदानी बन्दरगाह, कट्टुपल्ली मा तानेको थियो।

श्रीलंकाली जहाजका चारै जना चालक दलका सदस्यहरु सकुशल छन् र भारतीय अधिकारीहरुले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराएका छन्।

छिमेक मा संकट पर्दा सबैभन्दा पहिले सहयोगको हात बढाउने भारतको परम्परा रहेको छ।

यस वर्षको जुलाई महिनामा पनि एक व्यापारिक जहाजले चेन्नईको तटबाट ६ श्रीलंकाली माझीको उद्धार गरेको थियो।

जुलाई ५ तारिख मा एमभि वाईएम नामक ढुवानी जहाज विशाखापट्टनम जाँदै थियो। तिनले ६ जना माझी सवार एक डुंगा पल्टिएको देखेपछि तिनको उद्धार गरेका थिए र भारतीय तटरक्षक दललाई सुचना दिएका थिए।

उद्धार कार्य पछि भारतीय तटरक्षक दलको विज्ञप्तिमा भनिएको थियो, "भारतले जहिले पनि आफ्ना सामुद्रिक छिमेकीहरूलाई सहयोग गर्दै आएको छ। समुद्रमा नाविक र माछा मार्नेहरूको सुरक्षा सुनिश्चित गर्न हामी सहयोगी ढाँचालाई बलियो बनाउन प्रयासरत छौं।"

" भारत र श्रीलंका दुवै देशका तटरक्षक र सामुद्रिक उद्धार समन्वय केन्द्रहरू बीच एक सम्झौता भएको छ जसअनुुरुप हामी बीच एक बलियो सहकारी ढाँचा स्थापित छ।"

" विशाल समुद्री क्षेत्रमा खोज र उद्धार कार्य मा सहयोग प्रदान गर्न भारतीय तटरक्षक दल प्रतिबद्ध छ। समुद्रमा जीवनरक्षाका लागि सामुद्रिक व्यापारिक दल र भारतीय तटरक्षक दल बीच समन्वय र सहयोग वृद्धि हुँदै गएको छ।"