अमेरिकी राष्ट्रपतिद्वारा लोकतान्त्रिक शिखर सम्मेलनको आयोजना

प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रजातान्त्रिक देशहरूले आफ्ना संविधानमा निहित मूल्यमान्यताहरू पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित लोकतान्त्रिक सम्मेलन मा प्रधानमन्त्री ले यस्तो बयान प्रस्तुत गरेका हुन्। यस पूर्ण सत्रमा भारत सहित १२ अन्य मुलुकको सहभागिता रहेको थियो।

स्रोतका अनुसार, सत्रमा प्रधानमन्त्री मोदीले संवेदनशीलता, जवाफदेहिता, सहभागिता र सुधार अभिमुखीकरणलाई भारतीय लोकतान्त्रिक शासनको चार स्तम्भको रूपमा प्रस्तुत गरेका थिए।

७५ वर्षअघि यही मितिमा भारतको संविधानसभाको पहिलो अधिवेशन भएको प्रधानमन्त्रीले स्मरण गराएका थिए।

उनले भारतको सभ्यता लोकतन्त्रको मूल स्रोत भएको जानकारी दिएका थिए।

सम्पूर्ण भारतीय जनता मा कानुनी शासन र बहुलवादी लोकतान्त्रिक मूल्यको सम्मान रहेको उनले बताएका थिए। " भारतीय प्रवासीहरूमा पनि यही नै भावना गाँसिएको छ जसकारण उनीहरूले अपनाएका घरको आर्थिक कल्याण र सामाजिक सद्भावमा योगदान दिदै आएका छन्।"

लोकतान्त्रिक शासनले विश्वव्यापी शासनलाई पनि मार्गदर्शन गर्नुपर्ने उनले बताएका थिए। लोकतन्त्रलाई सकारात्मक वा नकारात्मक रूपमा प्रभाव पार्ने प्रविधिको क्षमतालाई ध्यानमा राखी प्रविधि कम्पनीहरूले खुला र लोकतान्त्रिक समाजको संरक्षण गर्न योगदान गर्नुपर्ने उनले बताउनुभयो।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक को रूपमा, भारत सधैं आफ्ना साथी लोकतान्त्रिक मुलुक सँग आफ्नो अनुभव साझा गर्न तयार छ।

विश्वव्यापी लोकतान्त्रिक समाजले सामना गरिरहेका चुनौती र अवसरहरूमा ध्यान केन्द्रित गर्न अमेरिकी राष्ट्रपतिले सरकार, नागरिक समाज र निजी क्षेत्रका नेताहरू समावेश गरी वस्तुतः शिखर सम्मेलन को आयोजना गर्दै हुनुहुन्छ।

यस सन्दर्भमा अमेरिकी राज्य विभागले जनाए अनुसार यस सम्मेलन मार्फत विश्वव्यापी नेताहरुले व्यक्तिगत र सामूहिक प्रतिबद्धताहरू, सुधार, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेशी र विदेशी पहलहरू घोषणा गर्न सक्नेछन्।