मध्य पूर्वमा आईएनएस सुदर्शनी को तैनाथी

मध्यपूर्व मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्य पूर्ति का निम्ति भारतीय नौसेना प्रशिक्षण जहाज ओमान भ्रमण मा रहेको छ। आईएनएस सुदर्शनी डिसेम्बर महिनाको ५ तारिखमा सुल्तान काबूस बन्दरगाह पुगेको थियो। थप तीन दिन यो जहाज ओमान मा रहनेछ।

रक्षा मन्त्रालयले बुधबार जनाए अनुसार यस क्षेत्रका मित्रवत् विदेशी देशहरूसँग ‘मित्रताको पुल’ सुदृढ गर्न र खाडीमा बसोबास गरिरहेका भारतीय प्रवासी सम्म पुग्ने उद्देश्यले जहाज मध्यपूर्वमा तैनाथ गरिएको हो।

मस्कट भ्रमण का क्रममा जहाजका चालक दल र ओमानका शाही नौसेना दल बीच व्यापक संलग्नता भएको थियो।

प्रमुख अधिकारी श्रीकान्त वेणुगोपालले ओमानको शाही नौसेना मुख्यालय को आधिकारिक भ्रमण गर्नुभएको थियो र क्याप्टेन अली अल होसिनी, महानिर्देशक, मानव संसाधन, आरएनओसँग कुराकानी गर्नुभएको थियो। रक्षा मन्त्रालयका अनुसार दुई बीच नौसेना सहयोग, युवा अधिकारीहरूको तालिम र पाल तालिम बारे छलफल भएको थियो।

यसका साथै भारतीय नौसेना जहाज दल र आरएनओ जहाज शबाब ओमान २ र वुधाम नौसेना बीच परिचालन आदानप्रदान भएको थियो। समुद्री अनुभवका लागि जहाजमा पाँच जना सवारलाई पनि चढाइएको थियो।

यसका साथै जहाज का प्रमुख अधिकारी ले ओमान मस्कटका लागि भारतीय राजदूत अमित नारङलाई पनि भेटेका थिए । राजदूत र भारतीय दूतावासका कर्मचारीहरूले पनि जहाजको भ्रमण गरेका थिए।

गोवा जहाज निर्माण उत्पादनले आईएनएस सुदर्शनी को निर्माण गरेको हो। हाल यो जहाज भारतीय नौसेनाको दक्षिणी नौसेना कमाण्ड अन्तर्गत कोची, केरलामा तैनाथ छ।

आईएनएस सुदर्शनी र आईएनएस तरङ्गिनी ले कोची स्थित प्रशिक्षण केन्द्र मा तालिम प्रदान गर्दै आएको छ। हालसम्म उक्त जहाजले आईएन कर्मचारी र मित्रवत राष्ट्र का अधिकारीहरुलाई तालिम प्रदान गरिसकेको छ।