ब्रह्मोसको विकासमा प्रमुख कोसेढुङ्गा

सशस्त्र बललाई सशक्त बनाउने प्रयास स्वरुप भारतले बुधबार ओडिशा तटको एकीकृत परीक्षण दायरा, चंडीपुरमा सुखोई ३० एमके-१ विमानबाट ब्रह्मोस क्षेप्यास्त्र को हवाई संस्करणको सफल परीक्षण गरेको छ।

रक्षा मन्त्रालयका अनुसार यस उडानमा सुखोई ३० एमके–आई विमानबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ले पूर्व नियोजित सम्पूर्ण मापदण्ड तथा सम्पूर्ण उद्देश्य पूरा गरेको छ।

ब्रह्मोसको विकासमा यो प्रक्षेपण एउटा प्रमुख कोसेढुङ्गा साबित भएको छ। यसले देश भित्र वायु-संस्करण ब्रह्मोस क्षेप्यास्त्र को क्रमिक उत्पादन गर्न मार्ग प्रशस्ति गरेको छ।

रामजेट इन्जिनका प्रमुख उपकरणहरु स्वदेशी रुपमा भारतीय उद्योगले विकास गरेका हुन्। यसमा रामजेट इन्धन ट्याङ्की र वायवीय इन्धन आपूर्ति प्रणाली जडान गरिएका छन्।

परीक्षणको क्रममा, संरचनात्मक अखण्डता र कार्यात्मक प्रदर्शन प्रमाणित भएको छ। ब्रह्मोसको हवाइ संस्करणको अन्तिम उडान सन् २०२१ जुलाई मा परीक्षण गरिएको थियो।

यस उपलब्धि का लागि रक्षामन्त्री राजनाथ सिंहले रक्षा अनुसन्धान र विकास संगठन, ब्रह्मोस, भारतीय वायुसेना र उद्योगको प्रशंसा गरेका छन्।

उडान परीक्षणमा संलग्न टोलीहरूलाई बधाई दिँदै, रक्षा विभाग र डीआरडीओका अध्यक्ष डा जी सतीश रेड्डीले यस जटिल प्रणाली को निर्माण मा डीआरडीओका विभिन्न प्रयोगशालाहरू, शैक्षिक संस्थाहरू, गुणस्तर संस्थान र प्रमाणीकरण एजेन्सीहरू, सार्वजनिक क्षेत्रका उपक्रमहरू र भारतीय वायु सेना सामेल भएको बताएका छन्।

भारत (डीआरडीओ) र रुस ( एनपिओएम) ले संयुक्त रुपमा यस प्रणालीको विकास गरेका हुन्।
ब्रह्मोस शक्तिशाली आक्रामक क्षेप्यास्त्र हतियार प्रणाली हो जुन पहिले नै भारतीय सशस्त्र बलमा समावेश गरिएको छ।