भारतद्वारा यात्रा र खोप स्वीकृति सहित विश्वव्यापी स्वास्थ्य मापदण्डको समानता मा‌ जोड

मङ्गलबार र बुधबार इन्डोनेसियाद्वारा आयोजित पहिलो शेर्पा बैठकमा भाग लिँदै, भारतका जी २० प्रतिनिधि पियुष गोयलले विश्वव्यापी समस्याहरूको व्यावहारिक र मानव-केन्द्रित समाधानका निम्ति समावेशी दृष्टिकोणको आवश्यकता रहेको बताएका छन्।

ट्रोइका का वर्तमान, अघिल्लो र आगामी अध्यक्ष- इन्डोनेसिया, इटाली र भारत- ट्रोइका मा सामेल भएपछि भारतको यो पहिलो जी २० बैठक हो।

बुधबार विदेश मन्त्रालयद्वारा जारी गरिएको एक प्रेस विज्ञप्ति अनुसार, केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले यात्रा, खोप स्वीकृति र कागजात सहित विश्वव्यापी स्वास्थ्य मापदण्डको समानतामा जोड दिनुभएको छ।‌

उनले भारतका उपलब्धि र अनुभवहरू पनि प्रस्तुत गरेका छन्।

सम्मेलनमा स्वास्थ्य, विकास, शिक्षा, रोजगारी, डिजिटल अर्थतन्त्र, व्यापार, लगानी, उद्योग, कृषि, वातावरण तथा जलवायु, ऊर्जा र भ्रष्टाचार विरोध जस्ता विभिन्न क्षेत्रमा विशेष सत्रहरू भएका थिए।

'विश्वको औषधि उत्पादक' को रूपमा भारतले आगामी वर्ष ५ अर्ब खोप उत्पादन गर्ने गोयलले बताएका छन्।

उनले एमएसएमइ, साना र सीमान्त किसानहरू, स्थानीय खाद्य संस्कृति र परम्परागत ज्ञानको संरक्षण र प्रवर्द्धन गर्नका साथै विकासका लागि डिजिटल प्रविधि र तथ्याङ्क प्रयोगलाई प्रवर्द्धन गर्ने आवश्यकतामा जोड दिएका छन्।

हालै सम्पन्न कोप २६ सम्मेलन मा प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तन विषयमा विशेष लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सोही प्रतिबद्धता गोयलले पनि यस बैठकमा दोहोर्याएका छन्। साथै उपभोग ढाँचा, प्रविधि हस्तान्तरण र वाणिज्यिक अर्थतन्त्रमा बढी केन्द्रित हुनुपर्ने मा पनि उनले जोड दिएका छन्।

विदेश मन्त्रालयका विज्ञप्ति अनुसार भारतले इन्डोनेसिया को जी २० अध्यक्षता का लागि समर्थन प्रदान गरेको थियो।