बुधबार सार्क बडापत्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको बयान

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को ३७औँ बडापत्र दिवसमा मङ्गलबार सबै राष्ट्रका जनतालाई बधाई दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री मोदी ले आफ्नो लिखित सन्देशमा सार्क राष्ट्रका सम्पूर्ण जनतालाई यस अवसरमा बधाई सन्देश दिनुभएको छ। "सार्कको संस्थापक सदस्यको रूपमा, भारत यस क्षेत्रका सबै देशहरूको विकास र प्रगतिका लागि विभिन्न पहलहरू मार्फत क्षेत्रीय सहयोग र एकीकरणलाई सुदृढ गर्न प्रतिबद्ध छ।"

" सार्क सदस्य राष्ट्र सँग भारत आफ्नो आर्थिक, वैज्ञानिक र प्राविधिक प्रगति साझा गर्न र यस क्षेत्रका जनताको कल्याण र बृहत्तर हित गर्न जारी राख्ने छ।"

“कोविड १९ महामारीको क्रममा हाम्रा देशले उत्कृष्ट सहकार्य गरेका छन्। औषधि, चिकित्सा उपकरण, खोप लगायत स्रोतसाधनको बाँडफाँड र क्षमता अभिवृद्धि पहल मार्फत विज्ञता अभिवृद्धि गरेर महामारीको प्रभावलाई न्यूनीकरण गरिएको छ,’ प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री मोदीले यस क्षेत्रमा शान्ति र सुरक्षालाई सुदृढ गर्दै, नतिजामुखी दृष्टिकोणका साथ अनुकूल वातावरण मिलाएर सार्कको लक्ष्य र उद्देश्यहरू प्राप्त गरिने बताएका छन्।

‘शान्त, समृद्ध र एकीकृत दक्षिण एसिया निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धतालाई पुन: पुष्टि गरौं,’ प्रधानमन्त्रीले आव्हान गर्नुो।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन को स्थापना सन् १९८५ डिसेम्बर महिनाको ८ तारिख मा ढाकामा भएको थियो। त्यसबेला सार्क बडापत्रमा हस्ताक्षर गरी यस संगठनको शुरुवात गरिएको थियो।

सार्कमा आठ सदस्य राष्ट्रहरू छन्: अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका।

सहयोगका आठ क्षेत्रहरू छन्। मानव संसाधन विकास र पर्यटन; कृषि र ग्रामीण विकास; वातावरण, प्राकृतिक प्रकोप र जैविक प्रविधि; आर्थिक, व्यापार र वित्त, सामाजिक मामिला; सूचना र गरिबी उन्मूलन; ऊर्जा, यातायात, विज्ञान र प्रविधि; र शिक्षा, सुरक्षा र संस्कृति।