मैत्री दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश व्यक्त

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले बुधबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेका छन्। सो क्रममा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्दको आगामी साता हुने भ्रमणबारे छलफल गरेका छन् ।

बंगलादेशको विजय दिवस र स्वतन्त्रताको ५०औँ वार्षिकोत्सव को अवसरमा राष्ट्रपति कोविन्द बंगलादेशको भ्रमण गर्नुहँदै छ।‌

प्रधानमन्त्री हसिनासँगको भेटमा श्रीङ्लाले मैत्री दिवसको ५०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाई सन्देश व्यक्त गरेका छन्।‌‌ बंगलादेश स्थित भारतीय उच्चायोगको ट्वीट अनुसार नयाँ दिल्ली र ढाका बाहेक १६ देशमा सफलतापूर्वक मैत्री दिवस को आयोजना भएको छ।

यसअघि मंगलबार परराष्ट्र सचिव श्रृङ्लाले दुई देशबीचको बृहत् सहयोगको समीक्षा गर्ने उद्देश्यले बंगलादेशको दुई दिने भ्रमण सुरु गरेका थिए ।

ढाकामा, उनले बंगलादेशका विदेश सचिव मसुद बिन मोमेनलाई भेटेका थिए। सो क्रममा उनले भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्षको अवसरमा शुभकामना व्यक्त गर्नुका साथै द्विपक्षीय सम्बन्धमा भएको प्रगति बारे छलफल पनि गरेका थिए।

श्रीङ्लाले बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग पनि भेट गर्नुभयो र कोभिड सहयोग लगायत दुई देशबीचको व्यापक र बढ्दो सहयोगको समीक्षा गर्नुभयो।

भ्रमणमा रहेका भारतीय विदेश सचिवले बंगलादेशका सडक यातायात तथा पुल मन्त्री तथा अवामी लिगका महासचिव ओबैदुल कादेरसँग भेट गरी दुई देशबीच सम्पर्क स्थापना लगायत सर्वांगीण द्विपक्षीय सहयोगका विषयमा छलफल गरेका थिए ।

भारतको 'छिमेकी पहिलो' नीति अन्तर्गत बंगलादेश महत्वपूर्ण स्तम्भ हो।

यो विशेष वर्षमा, भारत र बंगलादेशले संयुक्त रूपमा आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउँदै छन्।