मंगलबार नयाँ दिल्लीमा यस बहुराष्ट्रिय अभ्यासको उद्घाटन

डिसेम्बर महिनाको २० देखि २२ तारिख सम्म भारतले विमस्टेक राष्ट्र का निम्ति मानवीय सहायता र प्रकोप राहत (एचएडीआर) अभ्यास प्यानेक्स-२१ को आयोजना गर्नेछ।

पुणेमा आयोजना उक्त कार्यक्रममा भारत, बंगलादेश, नेपाल, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका विषय विज्ञ तथा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

भारतीय सेनाले आयोजना गर्ने बहुराष्ट्रिय अभ्यास प्यानेक्स–२१ को उद्घाटन कार्यक्रम मंगलबार नयाँ दिल्लीमा आयोजना गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा राज्यमन्त्री अजय भट्टको अध्यक्षतामा आयोजित यस कार्यक्रम मा बिमस्टेकका महासचिव तेन्जिन लेकफेल, सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे र बिमस्टेकका महासचिव तेन्जिन लेकफेलको उपस्थिति थियो।

आफ्नो उद्घाटन सम्बोधनमा, सेना प्रमुख जनरल नरवणेले कार्यक्रममा सहभागी सदस्य राष्ट्रका सबै प्रतिनिधिहरूलाई स्वागत गर्दै भविष्यमा महामारी जस्ता आपतकालिन परिस्थिति सँग लड्न निकट अन्तरराष्ट्रिय समन्वय को आवश्यकता रहेको र यसका लागि संयन्त्र विकास गर्न यो अवसरको सदुपयोग गर्न उनले आग्रह गरेका छन्।

सीडीएस जनरल बिपिन रावतले 'बिमस्टेक राष्ट्रहरू बीच रक्षा सहयोग' मा भाषण दिएका थिए जसमा उनले सदस्य राष्ट्रहरूका सुरक्षा र न्यायिक निकायहरू बीच रक्षा सहयोगलाई सहज बनाउन साझा कानूनी ढाँचा निर्माण गर्ने र सूचना साझेदारी संयन्त्र स्थापना गर्ने महत्त्व बारे प्रकाश पारेका थिए।

रक्षा राज्यमन्त्री अजय भट्टले भारतको 'छिमेकी पहिलो' नीति अन्तर्गत भारतले विमस्टेक लाई महत्व दिएको बताएका छन्।

पछिल्लो समय पनि विमस्टेक मा दुई विपद् व्यवस्थापन अभ्यास ( दिल्ली मा डिमेक्स-२०१७ र पुरीमा डिमेक्स-२०२०) को आयोजना गरिएको थियो जुन निकै सफल पनि भएको थियो। यी अभ्यासबाट विमस्टेक राष्ट्र बीच साझा समन्वय संयन्त्र को स्थापना भएको उनले बताए।

महामारीको पृष्ठभूमिमा प्राकृतिक प्रकोप व्यवस्थापन मा निकै जटिल जोखिमहरू सिर्जना हुनसक्दछ। यस जोखिम विरुद्ध कुनै एक सदस्य राष्ट्र ले एक्लै लड्न नसक्ने बताउँदै उनले यसका निम्ति सम्पूर्ण सदस्य राष्ट्र को सहायता आवश्यक रहेको बताएका छन्।

महामारी को विषम परिस्थितिमा पनि भारत मा सुरु गरिएको द्रुत र समन्वित उद्धार र राहत कार्य बारे पनि उनले जानकारी दिए।

प्रभावित जनसङ्ख्यालाई राहत प्रदान गर्न संलग्न सबै निकाय र सङ्घसंस्थाहरूबाट एकजुट प्रयास गरिएको र बहुमूल्य जीवन बचाउन र पशुधन, सम्पत्ति र पूर्वाधारको क्षतिलाई न्यूनीकरण गर्न प्रत्येक राष्ट्रिय स्रोत परिचालन गरिएको राज्यमन्त्रीले बताउनुभयो ।

उनले कोभिड जस्ता महामारीको अवस्थालाई पार गर्न साझा रणनीति र सहकार्य को आवश्यकता रहेको बताउनुभयो।

यसै सन्दर्भमा उनले सदस्य राष्ट्रलाई क्षमता विकास र तालिमका लागि विस्तृत बिमस्टेक संरचना विकास गर्न र विपद् व्यवस्थापनका विज्ञहरूको क्षेत्रीय समूहलाई संस्थागत संगठन, संयन्त्र, मापदण्ड र विपद व्यवस्थापन का निम्ति कानुनी ढाँचामा स्रोत परिचालन गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा रक्षा राज्यमन्त्री भट्टले आगामी अभ्यास बारे प्रकाश पार्न पोस्टर पनि अनावरण गरेका थिए।

यस अभ्यास मा एक सम्मेलन, तालिका शीर्ष अभ्यास र बहुमुखी अभ्यासको संचालन गरिनेछ।
अन्त्यमा फिक्की सँग सहकार्य गरी भारतीय उद्योगहरूले आफ्ना मानवीय सहायता र विपद् राहत कार्यहरूको योजना, तयारी र सञ्चालनमा सहयोग गर्न उपलब्ध उत्पादनहरूको प्रदर्शन गर्नेछन्।

सो अवसरमा वायुसेना प्रमुख वीआर चौधरी, नौसेना प्रमुख एडमिरल आर हरि कुमार, एकीकृत स्टाफ (सिआइससी) प्रमुख बीआर कृष्ण र बिमस्टेक राष्ट्रका उच्चायुक्त तथा राजदूतहरुको समेत उपस्थिति रहेको थियो ।