हवाई खतरा विरुद्ध भारतीय नौसेना जहाजको रक्षा क्षमतामा वृद्धि गर्ने

मङ्गलबार रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले छोटो दूरी क्षेप्यास्त्र को सफल परीक्षण गरेको छ।

यस वर्ष को फेब्रुअरी महिनामा पहिलो परीक्षण गरिएको थियो। हाल को सफल परीक्षण ले यस क्षेप्यास्त्र प्रणाली को लगातारको राम्रो प्रदर्शन प्रमाणित गरेको छ।

आजको परीक्षण ले यस प्रणाली मा जडान गरिएका सम्पूर्ण उपकरण तथा हतियार प्रणाली दुरुस्त छन् तथा भविष्यमा भारतीय नौसेना ले यसको सफल प्रयोग गर्न सक्नेछन् भनेर प्रमाणित गरेको छ।‌‌

ओडिशाको तटमा रहेको चंडीपुरस्थित एकीकृत परीक्षण दायराबाट आजको परीक्षण गरिएको थियो।

रक्षा मन्त्रालय का अनुसार निकै कम उचाइमा इलेक्ट्रोनिक लक्ष्य राखिएको थियो जस विरुद्ध क्षेप्यास्त्र ले सफलतापूर्वक कार्य गरेको थियो।

आईटीआर, चंडीपुर द्वारा तैनात धेरै निगरानी उपकरण प्रयोग यस क्षेप्यास्त्र को उडान मार्ग अनुगमन गरिएको थियो।

सबै उपप्रणालीले अपेक्षा अनुरूप काम गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

आजको परीक्षण ले यस प्रणाली मा जडान गरिएका सम्पूर्ण उपकरण तथा हतियार प्रणाली, नियन्त्रक, क्यानिस्टराइज्ड उडान वाहन आदि दुरुस्त छन् तथा भविष्यमा भारतीय नौसेना ले यसको सफल प्रयोग गर्न सक्नेछन् भनेर प्रमाणित गरेको छ।‌‌

डीआरडीओ र भारतीय नौसेनाका वरिष्ठ अधिकारीहरूले यस परीक्षण प्रक्षेपणको निगरानी गरेका थिए।

यस सफल परीक्षण का निम्ति रक्षामन्त्री राजनाथ सिंहले डीआरडीओ, भारतीय नौसेना र उद्योगलाई बधाई दिएका छन्। यस प्रणालीले हवाई खतरा विरुद्ध भारतीय नौसेना जहाजको रक्षा क्षमतामा वृद्धि गर्ने उनले बताएका छन्।