भारतको 'छिमेकी पहिलो नीति' अन्तर्गत बंगलादेश महत्वपूर्ण स्तम्भ

विदेश सचिव हर्षवर्धन श्रृङ्ला आजदेखि बंगलादेशको दुईदिने भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विदेश मन्त्रालयका अनुसार आफ्नो भ्रमणका क्रममा विदेश सचिवले बंगलादेशका विदेश सचिव राजदूत मसुद बिन मोमेन र विदेशमन्त्री डा ए.के. अब्दुल मोमे सँग भेट गर्नेछन्।

उनले सडक यातायात तथा पुल मन्त्री र अवामी लिगका महासचिव ओबैदुल कादेरसँग पनि भेट गर्नेछन् ।

बुधबार परराष्ट्र सचिव श्रृङ्लाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नेछन्।

भारतको 'छिमेकी पहिलो नीति' अन्तर्गत बंगलादेश महत्वपूर्ण स्तम्भ हो। यस विशेष वर्षमा, भारत र बंगलादेशले संयुक्त रूपमा आफ्नो कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वार्षिकोत्सव मनाउँदै छन्।

मैत्री दिवस मनाएको एक दिनपछि परराष्ट्र सचिवको बंगलादेश भ्रमणले दुई देशबीचको व्यापक सहयोगको समीक्षा गर्ने अवसर प्रदान गर्नेछ।

यही डिसेम्बर महिनाको १५-१७ तारिख सम्म भारतका राष्ट्रपति रामनाथ कोविन्द बंगलादेशको राजकीय भ्रमण मा जानेछन्। बंगलादेश को ५०औं विजय दिवस समारोहमा भाग लिन राष्ट्रपति कोविन्दले बंगलादेशको भ्रमण गर्नेछन्।