सन् १९७१ को डिसेम्बर ६ तारिख मा भारतले बंगलादेशलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिएको थियो

प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भारत-बंगलादेश मित्रताको ५० औं स्थापना वर्ष उत्सवको रुपमा मनाउने बताएका छन्।

उनले नयाँ दिल्ली-ढाका सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग काम गरिरहने आशा व्यक्त गरेका छन्।

एक ट्वीटमा, प्रधानमन्त्रीले भने, "आज भारत र बंगलादेशले मैत्री दिवस मनाउनेछन्। हामी संयुक्त रूपमा भारत-बंगलादेश मित्रताको ५० औं स्थापना वर्ष उत्सवको रुपमा मनाउँनेछौं। म महामहिम प्रधानमन्त्री शेख हसिनासँग हाम्रो सम्बन्धलाई अझ विस्तार र गहिरो बनाउन काम गरिरहने आशा गर्दछु।"

भारत-बंगलादेश कूटनीतिक सम्बन्धको ५० औं वार्षिकोत्सवको अवसरमा इक्वा ले नयाँ दिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भनिन् “बंगलादेश र भारतले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्ती मनाउँदैछन्। यो हाम्रो द्विपक्षीय सम्बन्धको यात्रामा कोसेढुङ्गा हो।"

उनले थप भनिन्, " सन् १९७१ को डिसेम्बर ६ तारिख मा भारतले बंगलादेशलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा मान्यता दिएको थियो। सन् २०२१ मार्च महिनाको २६-२७ तारिख मा भारतीय प्रधानमन्त्रीको बंगलादेशको राजकीय भ्रमणको क्रममा, हामीले १८ शहरहरूमा संयुक्त उत्सव मनाउन सहमति जनाएका थियौं। डिसेम्बर महिनाको ६ तारिख लाई मित्रता दिवस को रुपमा भारत ेरबंगलादेश मा‌ मान्यता दिइनेछ।"

भारत-बंगलादेश साझेदारी सन्धि द्विपक्षीय सम्झौताहरूमा मात्र सीमित नभएको उल्लेख गर्दै उनले हाम्रो कार्य सम्बन्धको औपचारिक संरचना प्रदान गर्ने यो सम्बन्ध इतिहास, संस्कृति, भाषा र धर्मनिरपेक्षता, लोकतन्त्र र अन्य अनगिन्ती साझा मूल्यहरूमा स्थापित भएको बताइन्।

"आज हाम्रो महान् साझेदारीले गतिशील, व्यापक र रणनीतिक आकार लिएर परिपक्व भएको छ र सार्वभौमसत्ता, समानता, विश्वास र आपसी सम्मानमा आधारित छ," हसिनाले बताइन्।

"हाम्रो मित्रताको बन्धन पछिल्ला वर्षहरूमा नियमित उच्चस्तरीय राजनीतिक अन्तरक्रिया र आदानप्रदानका कारण थप सुदृढ, विविध र विस्तार भएको छ," उनले थपिन्।

बंगलादेशका प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धको मूल भाग अब जनता–जनताको सम्पर्क, व्यापार र सम्पर्कमा केन्द्रित हुनुपर्ने बताएकी छिन्।

"हामी एकअर्काको निम्ति महत्त्वपूर्ण बन्नेछौं, महामारी प्रतिबन्धहरूको बावजुद सबै तहमा हाम्रो सम्बन्ध स्थिर र बलियो रहेको छ। कोभिड-१९ महामारीसँग लड्न हाम्रो उत्कृष्ट सहयोग र सहकार्यबाट यो स्पष्ट भएको थियो।"

"हामी हाम्रो सम्बन्धको महत्त्वमा विश्वास गर्न जारी राख्नेछौं। साथै, यो वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको जग र अगाडिको मार्ग प्रतिबिम्बित गर्ने अवसर हो। यो दुई देशबीचको दीर्घकालीन गतिशील साझेदारीलाई अझ सुदृढ पार्नका लागि काम गर्न पुनः प्रतिबद्ध हुने अवसर हो,” हसिनाले थपिन्।

इक्वा द्वारा आयोजित कार्यक्रममा, भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्लाले यो दिन भारत र बंगलादेश बीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षगाँठ मात्र नभई दुई महान राष्ट्र र दुई महान मानिसहरू बीचको अनुपम सम्बन्ध भएको बताउनुभयो।

यसले साझा सम्पदा र महान् संयुक्त सङ्घर्ष प्रतिबिम्बित गर्ने र हाम्रा साझा आकांक्षा प्रदर्शन गर्ने उनले बताउनुभयो।