दुवै रक्षा मन्त्रीद्वारा सैन्य प्राविधिक सहयोग सम्बन्ध मा भारत-रूस अन्तर-सरकारी आयोगको सह-अध्यक्षता

भारत-रूस २+२ मन्त्रीस्तरीय वार्ता अघि, रक्षा मन्त्री राजनाथ सिंहले सोमबार नयाँ दिल्लीमा आफ्ना रूसी समकक्षी सेर्गेई शोइगु सँग भेट गरेका छन् र दुई देश बीचको द्विपक्षीय रक्षा सहयोग विषयमा व्यापक छलफल गरेका छन्।

यसबारे ट्वीट गर्दै राजनाथ सिंहले लेखे: “आज नयाँ दिल्लीमा रुसी रक्षामन्त्री जनरल सेर्गेई शोइगुसँग भेट। रक्षा सहयोगमा फलदायी द्विपक्षीय छलफल। भारतले रुससँगको आफ्नो विशेष र विशेषाधिकार प्राप्त साझेदारीको कदर गर्दछ।"

दुई रक्षा मन्त्रीहरूले सैन्य प्राविधिक सहयोग (आईआरआईजीसी-एमटिसी) मा भारत-रूस अन्तर-सरकारी आयोगको सह-अध्यक्षता पनि गरेका छन्।

आफ्नो ट्वीटमा राजनाथ सिंहले भनेका छन्, “भारत प्रति रुसको बलियो समर्थनको भारत गहिरो कदर गर्दछ। हाम्रो सहयोगले सम्पूर्ण क्षेत्रमा शान्ति, समृद्धि र स्थायित्व ल्याउने विश्वास लिएका छौं। साना हतियार र सैन्य सहयोग सम्बन्धी धेरै सम्झौतामा हस्ताक्षर भएकोमा खुसी छु।”

सोमबार नँया दिल्ली मा आयोजना हुने २१औँ भारत-रुस वार्षिक शिखर सम्मेलन मा रुसका राष्ट्रपति भ्लादमिर पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदी बीच भेट हुनेछ।

यसबाहेक डिसेम्बर महिनाको ६ तारिख मा भारत-रूस द्विपक्षीय बैठक पनि बसिनेछ।