द्विपक्षीय आर्थिक सहयोगका निम्ति दुई देशबीच आईआरजीसी-टेक अन्तर्गत निरन्तर संलग्नता गरिने

भारत र रुस बीच द्विपक्षीय व्यापार पुनः सुचारु भएको छ। यस सकरात्मक पक्ष को भारत र रुस दुवै ले प्रशंसा गरेका छन्। महामारी प्रतिबन्ध बावजुद सन् २०२१ को पहिलो भागमा द्विपक्षीय व्यापारमा करिब ३८% बृद्धि भएको छ। २०१८-२० मा द्विपक्षीय व्यापार मा भएको समग्र वृद्धि प्रति दुवै देशले खुशी व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँ दिल्लीमा भएको शिखर सम्मेलन पछि दुवै पक्षले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देश बीच भएको द्विपक्षीय व्यापारले भारतको शक्ति र गहिराइको सम्भावना तथा भारत रुस रणनीतिक साझेदारी प्रतिबिम्बित नगर्ने उल्लेख गरेका छन् ।

दुई नेताले सन् २०२५ सम्ममा ३० अर्ब अमेरिकी डलरको व्यापार लक्ष्य हासिल गर्न थप प्रयासको आवश्यकतामा जोड दिएका छन्। यस सम्बन्धमा उनीहरूले दीर्घकालीन सहयोगका लागि वृद्धिका नयाँ चालकहरूमा बलियो जोड दिएका छन्।

दुवै देशले भारत र युरेशियन आर्थिक एकता बीच व्यापार सम्झौतामा वार्ता सुरु गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन्।

मोदी र पुटिनले विभिन्न प्राथमिकताका क्षेत्रमा द्विपक्षीय आर्थिक सहयोगका लागि व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग (आईआरजीसी-टेक) मा भारत-रूस अन्तरसरकारी आयोग अन्तर्गत निरन्तर संलग्नता गरिनु पर्ने मा‌ जोड दिएका छन्।

उनीहरूले आईआरजीसी-टेक अन्तर्गत १२ कार्यसमूह र उप-समूह बैठकहरू आयोजना गरेको स्वीकार गरेका छन् र विचाराधीन कार्य समूहहरूको बैठकहरू द्रुत रूपमा सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्। दुवै पक्षले यातायात, शहरी विकास र रेलवेमा नयाँ कार्यसमूह र उपसमूहहरूको स्थापनाको पनि स्वागत गरेका छन् र उनीहरूको उद्घाटन बैठकहरू चाँडै आयोजना गर्ने आशा राखेका छन्। संयुक्त विज्ञप्तिमा थपिएको छ।

सन् २०२१ को अप्रिल महिनाको १५ तारिख मा वस्तुतः ढाँचामा भारत-रूस रणनीतिक आर्थिक संवाद (इरसेड) तेस्रो संस्करणको आयोजना गरिएको थियो। यातायात, कृषि, डिजिटल रुपान्तरण, पर्यटन, उद्योग तथा बैंकिङ तथा साना तथा मझौला उद्यम क्षेत्र बारे फलदायी छलफल भएको थियो। दुवै पक्षले यस संयन्त्र अन्तर्गत सहकार्यका लागि अगाडिको मार्ग प्रशस्ति गर्नुपर्ने मा जोड दिएका छन्।

सन् २०२१ को अक्टोबर महिनामा रूसी ऊर्जा सप्ताहमा भाग लिन भारतका इस्पात मन्त्री मस्को भ्रमणमा गएका थिए जसको कारण यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ। दुवै नेताले यस नतिजा को सराहना गरेका छन्। यसका साथै दुवै नेताले कोइला र स्टिल क्षेत्रमा सहयोग पुनरुत्थान गरिएको मा प्रशंसा व्यक्त गरेका छन्। स्टिल उत्पादनका लागि भारतलाई कोइलाको भरपर्दो दीर्घकालीन आपूर्तिका लागि पारस्परिक रूपमा लाभदायक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। भारतमा उत्पादन प्रोत्साहन (पीएलआई) योजना अन्तर्गत विशेष स्टीलको उत्पादन, र निजी र सार्वजनिक क्षेत्रका कम्पनीहरूद्वारा भारतमा इस्पात उत्पादनको लागि रूसी राज्य इस्पात संस्थानहरूबाट प्रविधिहरूको उपयोगमा छलफल गरिएको छ।

संयुक्त वक्तव्य अनुसार भारतले कोइला अवशेषको लाभदायक उपयोग गरेको छ जसबाट सिक्न रुसी पक्ष तत्पर रहेको छ। भारतीय पक्षले रुसको यस तत्परता को स्वागत गरेको छ। सन् २०२० को अक्टोबर महिना मा पहिलो पटक आयोजित कोइला सम्वाद को पनि दुवै पक्ष ले स्वागत गरेका छन्।

२०२१/२०२२ क्यालेन्डर वर्षको अवधिमा मल आपूर्तिका लागि भारतीय पिएसयु र रूसी कम्पनी फोसएग्रो बीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। उनीहरूले आफ्ना अधिकारीहरूलाई दीर्घकालीन आपूर्ति र मूल्य निर्धारण व्यवस्थामा सहमतिका लागि छलफल जारी राख्न निर्देशन दिएका छन्।

रुसमा प्रायः भारतीय औषधि निर्यात हुनेगर्दछ। यस क्षेत्रलाई थप सुदृढ गर्न फार्मा २०२० र फार्मा २०३० योजनाहरू अन्तर्गत रूसको स्थानीयकरण कार्यक्रममा भारतीय कम्पनीहरूको निरन्तर सहभागिता भएको छ। यसका लागि दुवै नेताले सन्तुष्टि व्यक्त गरेका छन्। महामारी सन्दर्भमा चिकित्सा उपकरणहरूमा बढ्दो सहयोगलाई आर्थिक संलग्नताको नयाँ आशाजनक क्षेत्रको रूपमा दुवै नेताले मान्यता दिएका छन्।

यसका साथै महामारी बाट उत्पन्न मन्दी पछि हीरा क्षेत्रमा भएको द्रुत सहयोग का लागि पनि दुवै देशले स्वागत गरेका छन्।

यसका साथै दुई देशबीच आईआरजीसी-टेक अन्तर्गत व्यापार अवरोधहरू उन्मूलन गर्न उप-समूह गठित गरिएको थियो जसले व्यापार अवरोध उन्मुलन का निम्ति व्यापक छलफल गर्दै आएका छन् जस प्रति दुवै नेताले सन्तोष व्यक्त गरेका छन्।

यसका साथै कृषि र कृषि प्रशोधित उत्पादनहरूमा देखिएको अवरोध उन्मुलन का निम्ति फाइटोसेनेटरी र पशु चिकित्सा को आवश्यकता रहेको र यस क्षेत्रमा थप छलफल को आवश्यकता रहेको मा सहमति जनाएका छन्।

यसका साथै ढुवानी भन्सार निकासी प्रक्रिया थप सुव्यवस्थित हुनुपर्ने मा दुवै नेता सहमत भएका छन्। यस सम्बन्धमा, 'हरित करिडोर परियोजना' सम्बन्धी छलफललाई आधिकारिक आर्थिक सञ्चालकहरू (एइओ) को पारस्परिक मान्यता र आगमन पूर्व भन्सार तथ्यांक को आदानप्रदानसम्बन्धी सम्झौतामा प्रतिस्थापन गर्न दुवै पक्ष सहमत भएका छन्। यस सम्झौतामा चाँडोभन्दा चाँडो छलफल सुरु गर्न पनि दुवै पक्ष सहमत भएका छन्।

संयुक्त वक्तव्य मार्फत, भारतीय पक्षले 'आत्मनिर्भर' र 'भारतमा निर्माण' कार्यक्रम अन्तर्गत भारत सरकारको उत्पादन प्रोत्साहन योजनाको १३ प्रमुख क्षेत्रहरूमा रूसी कम्पनीहरूको योगदान को प्रशंसा गरेका छन्।

भारतीय पक्षले रुसी पक्षलाई भारत सरकारको औद्योगिक कार्यक्रम अन्तर्गत हरित औद्योगिक सहरहरूमा निर्माण सुविधाहरू स्थापना गर्ने विचार जारी राख्न निमन्त्रणा पनि दिएका छन्।

महामारी का कारण दुवै देशका कम्पनी ले सोचे जस्तो लगानी गर्न नसकेकोमा दुवै नेताले दु:ख व्यक्त गरेका छन्। यद्यपि यस समयमा लगानी का नँया क्षेत्रको पहिचान भएको मा दुवै पक्ष सन्तुष्ट छन्। विशेष गरी आन्तरिक जलमार्ग, रेलमार्ग, जहाज निर्माण र मर्मत, स्टिल र कोइला, चिकित्सा उपकरण, पेट्रोकेमिकल, बन्दरगाह, बैंकिङ र पुन: बीमा सेवा, औषधि, कृषि र कृषि प्रशोधन, स्वास्थ्य सेवा, आईटी र तेल र ग्यास जस्ता क्षेत्रमा लगानी गर्न सकिने ठहर भएको छ।

संयुक्त विज्ञप्ति अनुसार दुई देशले आपसी लगानीको संरक्षण गर्न तथा आपसी समझदारीको भावनामा द्विपक्षीय लगानी सन्धिको वार्तालाई अन्तिम रूप दिन सम्बन्धित मन्त्रालयहरूलाई आग्रह गरेका छन्। उनीहरुले भारतीय उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग, वाणिज्य मन्त्रालय र बौद्धिक सम्पदाको लागि संघीय सेवा, रुसी संघबीच बौद्धिक सम्पदाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकोमा स्वागत गरेका छन् ।

भारत र रुसले अन्तर-बैंक र बीमा निगमहरूलाई बलियो बनाउन आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। गत वर्षको तुलनामा रुसमा सञ्चालित एक मात्र भारतीय वाणिज्य इन्डो बैंक, मस्कोले उल्लेखनीय सुधार गरेको छ। भारतीय पक्षले यसबाट बैंकलाई आवश्यक स्वीकृति प्राप्त गरी खुद्रा क्षेत्रमा प्रवेश गर्न सक्ने आशा व्यक्त गरेको छ। जिआईसि पेरेस्ट्राखोभानि एलएलसी, भारतीय विमा कम्पनी को १०० प्रतिशत सहायक कम्पनीले सन् २०२० को सेप्टेम्बर महिनामा आफ्नो सञ्चालन सुरु गरेको थियो।‌ र अब रूसी संघका सबै प्रमुख सामान्य बीमाकर्ताहरूलाई पुनर्बीमा समर्थन प्रदान गर्दैछ।

राष्ट्रिय मुद्रामा भुक्तानीको आपसी समझौता प्रवर्द्धन गर्न संयुक्त कार्य जारी राख्न दुवै देश सहमत भएका छन्, जसले लागत समय र भुक्तानीमा संलग्न जोखिमहरू कम गर्न मद्दत गर्नेछ।

भारत र रूसले राष्ट्रिय भुक्तान पूर्वाधारहरू भित्र रुपे र एमआईआर कार्डहरू स्वीकार गर्न, साथै युनिफाइड पेमेन्ट इन्टरफेस (युपिआई) र रुसी बैंक को छिटो भुक्तानी प्रणालीको अन्तरक्रियामा पनि वार्ता जारी राख्न चासो देखाएका छन्। त्रुटिरहित अन्तरबैंक लेनदेनहरू सहजता का निम्ति रूसी पक्षले भारतीय ऋण संस्थाहरूलाई रूसी बैंकको वित्तीय सन्देश प्रणालीसँग जोड्न निमन्त्रणा दिएका छन्।

भारतीय पक्षले नागरिक जहाज निर्माण र अन्तरदेशीय जलमार्गमा सहयोगका नयाँ क्षेत्रहरूका रूपमा रुसी पक्षको सहभागितालाई निमन्त्रणा दिएका छन्। दुई नेताले नागरिक जहाज निर्माणको क्षेत्रमा द्विपक्षीय दस्तावेजको तयारीको स्वागत गरेका छन्। जसले अन्तरक्रिया र विशेषज्ञ तालिम, जहाज निर्माण र मर्मतमा लगानी, वैज्ञानिक अनुसन्धान, बौद्धिक यातायात र नेभिगेसन प्रणालीको विकास, र अन्तर्राष्ट्रिय यातायात कोरिडोरमा सहयोग पुर्‍याउनेछ।

भारत र रुसले यस वर्ष सेप्टेम्बरमा व्यापारिक ढुवानीका लागि मजागाउँ डक लिमिटेड र ज्वेज्दा शिपयार्ड बीचको सम्झौतामा हस्ताक्षर गरेकोमा सन्तोष व्यक्त गरेका छन्।