४८ करोड २० लाख भन्दा बढी जनताले दुवै खुराक प्राप्त गरे

भारतले आफ्नो कोविड १९ खोप अभियानमा ठूलो कोसेढुङ्गा पार गरेको छ। भारतको ५० प्रतिशत योग्य जनसंख्या ले पूर्ण खोप लगाएका छन्।

कोविन पोर्टल अनुसार सोमबार अपराह्न ४ बजेसम्म १ अरब २८ करोड ५८ लाख ८९ हजार ७ सय ५६ खोप खुराक प्रदान गरिएको छ।

४८ करोड २३ लाख ५७ हजार ३ सय ४६ जनाले कोभिड-१९ खोपको दुवै खुराक प्राप्त गरेका छन्।

तथ्याङ्क अनुसार ८० करोड ३५ लाख ३२ हजार ४ सय १० जनाले कोभिड-१९ खोपको पहिलो खुराक पाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा ऐतिहासिक उपलब्धि बारे जानकारी दिएका छन्।

"भारतको खोप अभियानले अर्को महत्त्वपूर्ण कोसेढुङ्गा पार गर्यो। कोविड १९ विरुद्ध लडाइलाई बलियो बनाउन यो गतिलाई कायम राख्न महत्त्वपूर्ण छ। र मास्क लाउन र सामाजिक दुरी कायम राख्नुपर्छ।"

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहान ७ बजेसम्मको अस्थायी रिपोर्टअनुसार पछिल्लो २४ घण्टामा २४ लाख ५५ हजार ९ सय ११ जनाले खोप लगाएका छन्।

यस वर्ष जनवरी महिनाको १६ तारिख बाट भारतले संसारको सबैभन्दा ठूलो कोभिड-१९ खोप अभियानको थालनी गरेको थियो।

भारतको संक्रमण मुक्त दर ९८.३५% पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ३४ बिरामी निको भएसँगै निको भएका बिरामीको सङ्ख्या (महामारी सुरु भएदेखि) ३ करोड ४० लाख ६९ हजार ६ सय ८ पुगेको छ ।

यसका साथै राज्य तथा केन्द्र शासित प्रदेश को प्रयास का कारण लगातार १ सय ६२ दिन ५० हजार भन्दा कम नँया संक्रमित विरामी थपिएका छन्।

पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ३ सय ६ नयाँ संक्रमित विरामी थपिएका छन् ।

यसका साथै भारतको सक्रिय सकरात्मक संख्या ९८ हजार ४ सय १६ पुगेको छ। यो संख्या देशको कुल सकरात्मक संख्या को ०.२८ प्रतिशत पुगेको छ।

पछिल्लो २४ घण्टामा कुल ८ लाख ८६ हजार २ सय ६३ वटा नमुना जो परिक्षण गरिएको छ। यसका साथै देशमा हालसम्म ६४ करोड ८२ लाख भन्दा बढी नमुना को परीक्षण गरिएको छ।

साप्ताहिक सकरात्मक दर भने ०.७८ प्रतिशत पुगेको छ जुन लगातार २२ दिन १ प्रतिशत भन्दा कम मा‌ कायम रहँदै आएको छ।

दैनिक सकारात्मकता दर ०.९४ प्रतिशत पुगेको छ। लगातार ६३ दिन दैनिक सकारात्मकता दर २ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ। र लागातार ९८ दिन यो दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।