युएईमा आयोजित हिन्द महासागर सम्मेलनमा दुवै नेता सहभागी

अबुधाबी मा आयोजित पाँचौं हिन्द महासागर सम्मेलनको पृष्ठभूमीमा विदेश मन्त्री एस जयशंकर र श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे बीच शनिबार भेट भएको छ।

"५ औं हिन्द महासागर सम्मेलनमा राष्ट्रपति @गोटाबाुेआर लाई भेट्न पाउँदा खुसी लागेको छ। उनको सम्बोधन उद्घाटन सत्रको प्रमुख विशेषता थियो।" विदेश मन्त्री जयशंकरले ट्वीट मा भने।

सम्मेलनमा, राष्ट्रपति राजापाक्षेले नयाँ कोविड भाइरस ओमिक्रोनले निम्त्याएको खतरा प्रति चिन्ता व्यक्त गरेका थिए। यसका साथै उनले अन्य मुलुकको खोप अभियानलाई अझ प्रभावकारी रूपमा समर्थन गर्न विभिन्न देशका सरकारलाई आग्रह गरेका थिए।

"हामी भारत, चीन, अमेरिका र जापानको उदारताको धेरै कदर गर्छौं, ती सबैले हामीलाई प्रत्यक्ष रूपमा वा कोभ्याक्स मार्फत खोप प्रदान गरेका थिए। यसको सहायताले श्रीलंकाले व्यावसायिक रुपमा धेरै मात्रामा खोप खरिद गर्न पाएको थियो।"

" खोप वितरण मा असमानता का कारण विश्वका केही मुलुकमा खोप अझै पनि आपूर्ति हुन सकेको छैन जसका कारण यस नँया कोविड भाइरस को उदय भएको छ। यसलाई सावधानीपूर्वक अनुगमन गर्न आवश्यक छ।"

यदि अवस्थित खोपले नयाँ ओमिक्रोन भाइरस बिरूद्ध सुरक्षा गर्न असफल भएमा विश्व फेरि पहिले जस्तै अवस्थामा फर्कन सक्ने भन्दै उनले चेतावनी दिएका छन्। विश्व ले फेरि सीमा बन्द, लकडाउन, प्रतिबन्ध र सम्भवतः विनाशकारी परिणाम को सामना गर्नुपर्ने हुनसक्छ।

हिन्द महासागरका देशहरूले सोच्नै नसक्ने दुई घट्ना मध्ये कोविड १९ एक रहेको बताउँदै जयशंकरले महामारी लाई शताब्दीमा एकपटक हुने घट्ना भनेर वर्णन गरे र यसले विश्वको सबै कमी कमजोरीको उजागर गरेको बताए।

“आर्थिक सर्तमा, अति केन्द्रित भूमण्डलीकरणका खतराहरू स्पष्ट रूपमा छन्। जवाफ थप भरपर्दो र लचिलो आपूर्ति-श्रृंखलाका साथै अधिक विश्वास र पारदर्शितामा निहित छ।" जयशंकर ले भने।

राजनीतिक सर्तहरूमा, खोप समानतामा अभाव र यस्तो परिमाणको चुनौतीलाई सहकारी रूपमा सम्बोधन गर्न अनिच्छुकताले यसको प्रमाण दिएको छ। समस्याको उत्पत्ति खोजी गर्ने होस् वा त्यसको प्रतिक्रियाको नेतृत्व गर्ने होस्, प्रत्येक को सन्दर्भमा अन्तर्राष्ट्रिय संस्थाहरू विश्वमा असफल भएका छन्।"

भारतले महामारीको समयमा देशहरूलाई सहयोग गर्न उचित योगदान दिएको उल्लेख गर्दै भारतले औषधि, खोप र अक्सिजनको समयमै आपूर्ति गरेको बताए।

"हामी विश्वव्यापीकरणबाट एकतामा जाँदैछौं, हिन्द महासागरले छोटो र बहुविध आपूर्ति शृङ्खलाहरू देख्नेछ र राष्ट्रिय सुरक्षा ले फराकिलो परिभाषा देख्नेछ। यसले सुधारका प्रक्रियाको प्रकृतिलाई राम्रोसँग आकार दिन सक्छ।"

जीविकालाई पुनर्स्थापित गर्न हामीले प्रमाणीकरण मान्यता मार्फत यात्रालाई द्रुत रूपमा सामान्य बनाउन पनि आवश्यक छ। भारतले यस सम्बन्धमा करिब १ सय राष्ट्रहरूसँग मिलेर समाधान निकालेको छ।"