भारत र युएईद्वारा कूटनीतिक, व्यापारिक र रणनीतिक पक्षमा संलग्नता वृद्धि

विदेश मन्त्री एस जयशंकरले शनिबार अबु धाबीका युवराज मोहम्मद बिन जायद अल नाह्यान र विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायदलाई भेटेका छन्। भेटको क्रममा उनले भारत र यूएई बीचको घनिष्ठ साझेदारीले आगामी वर्षहरूमा नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।

जयशंकर आउँदो डिसेम्बर महिनाको ४ र ५ तारिखमा हुने पाँचौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन अबुधाबीमा छन् । युवराज अल नाह्यान र युएईका विदेशमन्त्री शेख अबुदुल्लाह बिन जायदसँगको आफ्नो भेटको बारेमा जयशंकरले छुट्टाछुट्टै ट्वीट पोस्ट गरेका छन्।

" मलाई स्वागत गर्नुभएको मा एचएच@मोहम्मदबिनजायेदलाई धन्यवाद। युएई को स्वर्ण जयन्ती को अवसरमा @नरेन्द्रमोदी को शुभकामना सन्देश व्यक्त।"

यसका साथै उनले युएई का समकक्षी सँग पनि भेट गरेका छन् र दुई देश बीच स्थापित न्यानो मित्रवत सम्बन्ध का लागि सन्तोष व्यक्त गरे।

"अबु धाबीमा युएई विदेश मन्त्री@एबिजायेद सँग न्यानो भेटघाट। द्विपक्षीय सहयोगमा निरन्तर प्रगति। सधैं झैं, विश्वव्यापी र क्षेत्रीय घटनाक्रमहरूमा उनको अन्तरदृष्टि धेरै मूल्यवान।"

भारत युएई व्यापक आर्थिक साझेदारी सम्झौता को तेस्रो चरणको वार्ता हुन अघि उनको यो विशेष भेट कार्यक्रम भएको हो।

सेप्टेम्बर महिनामा, भारतका वाणिज्य तथा उद्योग मन्त्री, पियुष गोयल र यूएईका विदेश व्यापार राज्यमन्त्री थानी बिन अहमद अल जेउदी ले औपचारिक रूपमा भारत युएई केपा वार्ता सुरु गरेका थिए।

भारत–युएई संयुक्त प्रेसका अनुसार उच्चस्तरीय प्रतिनिधिमण्डलले विद्यमान व्यापार र लगानी सम्बन्ध विस्तार लगायत द्विपक्षीय आर्थिक सम्बन्ध सुधार गर्ने उद्देश्यले वार्ता गरेका थिए।