संयुक्त सैन्य अभ्यासको ११ औं संस्करण हुँदै

रक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्ति अनुसार भोलिबाट भारत र माल्दिभ्सक बीच १४ दिने इकुभेरिन संयुक्त सैन्य अभ्यास सुरु हुने भएको छ जुन डिसेम्बर महिनाको १९ तारिख मा सम्पन्न हुनेछ। सो अभ्यास मालदिभ्स को काढडु टापु मा हुँदै छ।

मन्त्रालयका अनुसार यो अभ्यास भारतीय सेना र माल्दिभ्सको सशस्त्र सेनाबीचको संयुक्त सैन्य अभ्यासको ११ औं संस्करण हुनेछ।

यस अभ्यास को क्रममा सेना ले जमिन र समुद्रमा अन्तरराष्ट्रिय आतंकवादलाई बुझ्ने, आतंकवाद विरोधी र विद्रोह विरोधी अभियान सञ्चालन गर्ने र उत्कृष्ट सैन्य अभ्यास र अनुभवहरू आदानप्रदान गर्ने छन्। यसबाट दुवै राष्ट्रका सशस्त्र सेनाहरूबीच समन्वय अन्तरसञ्चालन क्षमता अभिवृद्धि हुने मन्त्रालयले जनाएको छ।

कडा तालिमका अतिरिक्त, संयुक्त सैन्य अभ्यासमा रक्षा सहयोग र द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक र खेलकुद गतिविधिहरू पनि समावेश हुनेछन्।

हिन्द महासागर क्षेत्रमा उदीयमान सुरक्षा चुनौती बीच माल्दिभ्ससँग भारतको सम्बन्धलाई सुदृढ बनाउन यो अभ्यासले महत्वपूर्ण योगदान दिनेछ।