सम्झौता बाट द्विपक्षीय व्यापार वृद्धि हुने तथा नयाँ रोजगारी सृजना हुने

भारत-युएई व्यापक आर्थिक साझेदारी सम्झौता (केपा) को तेस्रो चरणको वार्ता सोमबारदेखि नयाँ दिल्लीमा हुने तय भएको छ। दुवै पक्ष वार्तालाई निष्कर्षमा पुगाउन उत्सुक छन्।

भारत-युएई केपा सम्बन्धी चलिरहेको बहु-हितधारक परामर्श अन्तरगत केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले शुक्रबार एल्युमिनियम, तामा, रसायन र पेट्रोकेमिकल उद्योगका प्रतिनिधिहरू सँग भेट गरेका थिए।

गोयलले यूएईसँग समग्र आर्थिक र व्यावसायिक सम्बन्धलाई उकास्न केपा को महत्त्वबारे उद्योगका प्रतिनिधिहरूलाई अवगत गराएका थिए। यसले द्विपक्षीय व्यापारलाई फाइदा मात्रै नभई नयाँ रोजगारी सृजना गर्न र फराकिलो सामाजिक तथा आर्थिक अवसरहरू उपलब्ध गराउने उनको भनाइ छ ।

वाणिज्य तथा उद्योग मन्त्रीले केपा सम्झौताबाट श्रममूलक प्रकृतिका उद्योगहरूलाई पनि फाइदा पुग्ने बताएका छन्।

यसबाट लगानी वृद्धि, रोजगारी सृजना र रोजगारीका अवसरहरू लगायत धेरै पूरक आर्थिक लाभ हुने पनि उनले उल्लेख गरेका थिए।

गहिरो द्विपक्षीय आर्थिक संलग्नता र फराकिलो बजार पहुँचलाई समेट्ने सम्झौताको रणनीतिक महत्त्वबारे उद्योग प्रतिनिधिहरूलाई पनि अवगत गराइएको थियो।