देशको खोप कार्यक्रमलाई समर्थन गर्न भारत निर्मित कोभ्याक्सिन खोपको समयमै आपूर्तिको लागि पाराग्वे द्वारा भारतलाई धन्यवाद व्यक्त

भारत र पाराग्वेले बुधवार असुनसियनमा आफ्नो तेस्रो विदेश कार्यालय परामर्श बैठक आयोजना गरेका छन्। सो बैठकमा व्यापार र लगानी, कृषि, स्वास्थ्य र औषधि उत्पादनमा उच्चस्तरीय विचार आदानप्रदान हुनु का साथै द्विपक्षीय सम्बन्धको सम्पूर्ण समीक्षा गरिएको विदेश मन्त्रालयले बिहीबार जारी गरेको एक विज्ञप्तिमा जनाएको छ।

विदेश मन्त्रालयका अनुसार, दुवै पक्षले सांस्कृतिक र वाणिज्यिक मामिलामा सहयोग सुदृढ गर्ने तरिका र महामारी व्यवस्थापनमा विचार आदानप्रदान गरेका थिए।

देशको खोप कार्यक्रमलाई समर्थन गर्न भारत निर्मित कोभ्याक्सिन खोपको समयमै आपूर्ति गरेकोमा पाराग्वे ले भारतलाई धन्यवाद व्यक्त गरेको छ।

विदेश मन्त्रालयले यस सन्दर्भमा भन्यो, " भारतले असुनसियनमा आवासीय अभियान सुरु गर्ने निर्णय गरेको छ जसका लागि पाराग्वे पक्षले भारत को प्रशंसा गरेका छन्।"

सन् २०२१ मा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवलाई भव्यताका साथ मनाउन दुवै पक्ष सहमत भएका छन् । पाराग्वे पक्षले भारतीय स्वतन्त्रताको ७५ वर्ष मनाउन तयारी गरिरहेको जानकारी दिएको छ।

दुवै पक्षले दक्षिण एसिया र दक्षिण अमेरिकाका क्षेत्रीय विकासका बारेमा पनि विचार आदानप्रदान गरेका छन् ।

संयुक्त राष्ट्र संघमा सहयोग सहित बहुपक्षीय मञ्च मा समन्वय गर्न पनि दुवै पक्ष सहमत भएका छन्।

एफओसीमा, भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सचिव (पूर्व) रिभा गांगुली दासले गरेकी थिइन् भने, पाराग्वे को तर्फबाट दक्षिण अमेरिकी देशका उपमन्त्री मार्सेलो स्कापिनीन्ड र राउल कानो रिकार्डीले प्रतिनिधित्व गरेका थिए।