जलवायु कार्य र किफायती, स्वच्छ र सुरक्षित ऊर्जा सुनिश्चित गर्न भारत र युरोपेली संघ बीच सहकार्य

भारत र युरोपेली संघले बुधबार स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई अगाडि बढाउने निर्णय गरेका छन्।

सन् २०१६ को भारत ईयु ऊर्जा र जलवायु साझेदारीलाई कार्यान्वयन गर्न तथा सन् २०२३ सम्म विस्तृत कार्यक्रममा संयुक्त रूपमा सहमति जनाउन सो‌ निर्णय लिइएको हो।‌

दुवै पक्षका निम्ति केन्द्रित रहेको क्षेत्र जलवायु कार्य र किफायती, स्वच्छ र सुरक्षित ऊर्जा सुनिश्चित गर्न भारत र युरोपेली संघ सहकार्य गरिरहेका छन्।‌‌
डिसेम्बर महिनाको १ तारिख मा भारत ईयु को बैठक भएको थियो। जसमा भारतीय पक्षबाट विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय, नयाँ र नवीकरणीय ऊर्जा मन्त्रालय र पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालय र ऊर्जा महानिर्देशनालय सहभागी थिए भने ईयु पक्षबाट युरोपेली आयोग सहभागी भएको एक संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

ऊर्जा प्यानलको सह-अध्यक्षता सचिव (पश्चिम), विदेश मामिला मन्त्रालय रीनत सन्धु र युरोपेली आयोग का ऊर्जा उपमहानिर्देशक मेचथिल्ड वोर्सडर्फर ले गरेका थिए।

संयुक्त प्रेस विज्ञप्ति अनुसार शून्य ऊर्जा भवन निर्माण, भवनहरूको लागि स्मार्ट तयारी सूचक निर्धारण, नवीकरणीय ऊर्जा, सौर्य ताप र अपतटीय पवन सहित ऊर्जा दक्षता क्षेत्रमा प्राविधिक सहयोग बढाउन दुवै पक्ष सहमत भएका छन्।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन,हरित हाइड्रोजन; स्मार्ट ग्रिड, भण्डारण, पावर मार्केट डिजाइन, इन्टरकनेक्सन, कोल्ड चेन, र दिगो वित्तिय सहित ग्रिड एकीकरण मा सहयोग का निम्ति पनि दुवै पक्ष तत्पर छन्।

संयुक्त प्रेस विज्ञप्ति अनुसार यस सुदृढ सहयोगको एक भागको रूपमा, भारत र ईयु ले यी क्षेत्रहरूमा नयाँ अध्ययन, अध्ययन भ्रमण र संयुक्त कार्यशाला, ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन्।

यसका साथै यस ऊर्जा बैठकले संयुक्त रुपमा संगठित कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ जुन यस प्रकार छन्:

* आगामी वर्ष को पहिलो ६ महिना भित्र भारत-ईयु अपतटीय वायु व्यापार र लगानी शिखर सम्मेलन आयोजना गरिने, यसमा युरोपेली र भारतीय कम्पनीहरूको प्रदर्शनी गरिने, बी२बी सुविधा र अपतटीय हावाको लागत घटाउने र अपतटीय वायुको वित्तपोषण गरिने।

* भारतमा स्मार्ट ग्रिड परियोजनाहरू प्रतिकृति र माथि बढाउनका लागि सम्भावित अवसरहरू र अवरोधहरू पहिचान गर्दै भारत-ईयु उच्च स्तरीय मञ्च को स्थापना गरिने

* भारत-ईयु हाइड्रोजन मञ्च नवीकरणीय ऊर्जा उच्च साझेदारीका साथ ऊर्जा प्रणालीमा हाइड्रोजनको भूमिकामा उत्कृष्ट अभ्यासहरू/नीतिहरू आदानप्रदान गरिने, स्वच्छ हाइड्रोजन उत्पादन र अनुप्रयोग प्रविधिको बारेमा छलफल गरिने र अवस्थित र आगामी हाइड्रोजनमा जानकारी साझा गरिने

* ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राख्दै स्वच्छ ऊर्जा भारत-ईयु वित्तिय लगानी मञ्च निर्माण गरिने

अन्य ईयु सदस्य राष्ट्र पनि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सामेल भइरहेका छन्।

हालको समयमा युरोपेली संघ ले यसका सदस्य राष्ट्रहरू, र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसँग यसको शैक्षिक, व्यापार र वित्तीय समुदायहरूको संलग्नतालाई अझ सुदृढ पार्ने उद्देश्यले यस परियोजनाको निम्ति १० लाख यूरो प्रदान गरेको छ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सन्दर्भमा भारत-ईयू सहयोगलाई सुदृढ गर्न थप अवसरहरू खोज्न पनि दुवै पक्ष सहमत भएका छन्।

यस सन्दर्भमा, भारतले आईएसएको एक सूर्य एक विश्व एक ग्रिड पहलको महत्त्वलाई जोड दिएको थियो।

ईयु ले भारत र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी बीचको घनिष्ठ सहयोगको लागि आफ्नो समर्थन पनि व्यक्त गरेको छ।

आगामी जी २० सम्मेलन मा भारत र ईयूले स्वच्छ ऊर्जामा विचार आदानप्रदान गर्न पनि सहमति जनाएका छन्।

सन् २०१६ को मार्च महिना को ३० तारिख मा भारत ईयु शिखर सम्मेलन भएको थियो जसमा भारत ईयु स्वच्छ ऊर्जा र जलवायु साझेदारी अघि बढेको थियो। सोही अनुरुप हाल भारत र ईयु अघि बढिरहेका छन्। साथै उनीहरू पेरिस सम्झौता अनुसार कार्य गर्न पनि तयार भएका छन्।

सन् २०१७ को अक्टोबर महिना को ६ तारिख मा भएको भारत ईयु शिखर सम्मेलन बेला संयुक्त वक्तव्य जारी गरिएको थियो।‌

संयुक्त वक्तव्य र भारत-ईयु रणनीतिक साझेदारी: सन् २०२० जुलाई १५ मा आयोजित भारत ईयु शिखर सम्मेलन मा सहमति गरिएको २०२५ रोडम्याप, साथै सन् २०२१ मे ८ तारिख मा बसिएको भारत ईयु नेतृत्व बैठक र जाती संयुक्त विज्ञप्ति ले पनि स्वच्छ ऊर्जा र जलवायु साझेदारी अन्तर्गत सहयोग सुदृढीकरणको स्वागत गरेको छ।