पाकिस्तानमा अल्पसंख्यक समुदायका धार्मिक पूजास्थलहरूको अपमान गर्ने यस्ता घटनाहरूले यी समुदायहरूको आस्थाप्रति सम्मानको कमीलाई उजागर गरेको छ।

भारतले मंगलबार पाकिस्तानका राजदूत अफताब हसन खानलाई बोलाएर पाकिस्तानी मोडल र कपडा ब्रान्डद्वारा गुरुद्वारा श्री दरबार साहिब, करतारपुरको पवित्रताको अपमान गरेको घटनामा गहिरो चिन्ता व्यक्त गरेको छ।

लाहोरको कपडा ब्रान्डले भर्खरै आफ्नो सामाजिक सञ्जालमा दरबार साहिब गुरुद्वारामा एक मोडलले खिचेको तस्बिर पोस्ट गरेको थियो। तस्विरहरूमा देखाइएको मोडेलले टाउको छोपेको थिइनन्। सिख तीर्थस्थलहरूमा जाने सबै आगन्तुकहरूले टाउको छोप्नु आवश्यक हुन्छ।

यो घटनाले भारत र विश्वमा व्यापक विरोध भएको छ र सिख समुदायका सदस्यहरूले मोडेल र कपडा ब्रान्ड विरुद्ध कडा कारबाहीको माग गरेका छन्।

यस घट्ना बारे मिडियाको प्रश्नको उत्तर दिदैं विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने, "पाकिस्तानी मोडल र कपडा ब्रान्डद्वारा गुरुद्वारा श्री दरबार साहिब, करतारपुरको पवित्रताको अपमान गरेको घटनामा हाम्रो गहिरो चिन्ता व्यक्त गर्न पाकिस्तानी राजदूतलाई आज बोलाइएको थियो।"

“यो निन्दनीय घटनाले भारत र विश्वभरका सिख समुदायको भावनामा गहिरो चोट पुर्‍याएको छ। पाकिस्तानमा अल्पसंख्यक समुदायका धार्मिक पूजास्थलहरूको अपमान र अनादरका यस्ता निरन्तर घटनाहरूले यी समुदायहरूको आस्थाप्रति सम्मानको कमीलाई उजागर गर्दछ।"

"पाकिस्तानी अधिकारीहरूले यस मामिलाको ईमानदारीपूर्वक छानबिन गर्ने र संलग्न व्यक्तिहरू विरुद्ध कारबाही गर्ने हामी अपेक्षा गर्दछौं।"

पाकिस्तानी मोडेलको सो फोटोहरु इन्स्टाग्राममा राखिएको थियो। त्यसको एकदिन पछि विदेशमन्त्रालयका प्रवक्ता को यस्तो बयान आएको हो। इन्सटाग्राममा मोडेल सौलेहाको टाउको नछोपिएका फोटोहरु हालिएका थिए जसका कारण सामाजिक सञ्जालमा यस पोस्ट को आलोचना भइरहेको छ।