अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि जी २० प्रमुख मञ्च

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार भारत औपचारिक रुपमा जी २० ट्रोइका समूह मा प्रवेश गरेको छ। यस समूहमा इन्डोनेसिया, इटाली र भारत समावेश छन्। वर्तमान समयमा इन्डोनेसिया ले यस समूहको अध्यक्षता गरिरहेको छ भने अघिल्लो वर्ष इटाली ले‌ यस समूहको अध्यक्षता गरेको थियो।

विदेश मन्त्रालयका अनुसार वर्तमान अध्यक्ष इन्डोनेसिया ले हाल का समयमा " सँगै सुधार बलियो सुधार" विषयवस्तु अन्तर्गत विभिन्न शिखर सम्मेलनको आयोजना गर्नेछ र सन् २०२२ को अक्टोबर महिनामा यी सम्मेलन को समापन गर्नेछ।

ट्रोइका-सदस्यको रूपमा, भारतले जी २० को कार्य स्थिरता र निरन्तरता सुनिश्चित गर्न इन्डोनेसिया र इटालीसँग मिलेर काम गर्नेछ।

सन् २०२२ को डिसेम्बर महिना देखि भारतले यस समूहको अध्यक्षता गर्नेछ र सन् २०२३ मा पहिलो पटक भारतले जी २० शिखर सम्मेलन को आयोजना गर्नेछ।

यस‌ सन्दर्भमा विदेश मन्त्रालयले भन्यो, " अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि जी २० प्रमुख मञ्च हो। यस मञ्च ले विश्वव्यापी समृद्धि एक अर्कामा निर्भर रहेको र हाम्रा आर्थिक अवसरहरू र चुनौतीहरू आपसमा जोडिएको जनाउँदछ।"

जी २० देशहरू भविष्यको लागि राम्रो तयारी गर्न एकजुट भएका छन्।

जी २० को संस्थापक सदस्यको रूपमा, भारतले अन्तर्राष्ट्रिय मञ्च मा महत्त्वपूर्ण मुद्दाहरू उठाउन र विश्वभरका कमजोर मुलुकलाई असर गर्ने मुद्दाहरू उठाउन यस मञ्च को प्रयोग गर्दै आएको छ।