भारतमा उत्पादित खोपको आपूर्ति कोभ्याक्स मार्फत वा द्विपक्षीय रूपमा गर्न सकिने

घातक कोभिड भाइरस नँया रुप ओमिक्रोनबाट प्रभावित अफ्रिकी देशहरूसँग ऐक्यबद्धता व्यक्त गर्दै, परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति‌ जारी गर्दै भारत खोप, जीवन रक्षक औषधि, र परीक्षण उपकरण को आपूर्ति गरेर महाद्वीपका देशहरूलाई सहयोग गर्न तयार रहेको जनाएको छ।

भारत सरकारले अफ्रिकी देशहरूमा खोप आपूर्तिलाई सुव्यवस्थित गरिसकेको कुरालाई ध्यानमा राख्दै सरकारले मलावी, इथियोपिया, जाम्बिया, मोजाम्बिक, गिनी र लेसोथो जस्ता अफ्रिकी देशहरू लगायत अन्य अफ्रिकी मुलुकमा कोभ्याक्स खोप आपूर्ति गरिसकेको विज्ञप्ति मा उल्लेख छ।

“हामीले बोत्सवानामा कोभ्याक्सिनको आपूर्ति गरिसकेका छौं। द्विपक्षीय रूपमा वा कोभ्याक्स मार्फत प्रक्षेपित कुनै पनि नयाँ आवश्यकताहरू द्रुत रूपमा आपूर्ति गरिनेछ।"

अफ्रिकी देशहरूको कुनै पनि नयाँ आवश्यकतालाई तुरुन्तै विचार गरिनेछ।

“हामीले कोविड १९ भाइरस को नँया प्रकार ओमिक्रोन बारे जानकारी पाइसकेका छौं। यस भाइरस बाट प्रभावित अफ्रिका लगायत अन्य मुलुक सँग हामी ऐक्यबद्धता व्यक्त गर्दछौं।"

"भारत सरकार भारतमा उत्पादित खोप आपूर्ति सहित ओमिक्रोन भाइरस विरुद्ध लड्न अफ्रिकामा प्रभावित देशहरूलाई सहयोग गर्न तयार छ।"

"भारत आवश्यक पर्ने जीवन बचाउने औषधि, परीक्षण किट, पन्जा, पीपीई किटहरू र भेन्टिलेटर जस्ता चिकित्सा उपकरणहरू आपूर्ति गर्न पनि तयार छ," विज्ञप्तिमा उल्लेख छ।

"भारतीय संस्थाहरूले आफ्ना अफ्रिकी समकक्षी सँग मिलेर जीनोमिक निगरानी र भाइरस विशेषता सम्बन्धी अनुसन्धान कार्यमा सहयोग गर्न विचार गर्नेछन्। "

विज्ञप्ति अनुसार भारतले अहिलेसम्म अफ्रिकाका ४१ देशहरूलाई भारतमा उत्पादित २ करोड ५० लाख भन्दा बढी खोप खुराक उपलब्ध गराएको छ। जसमा १६ देशहरूलाई अनुदानको रूपमा झण्डै १० लाख खुराक र कोभ्याक्स व्यवस्था अन्तर्गत १ करोड ६० लाख खुराक प्रदान गरिएको छ।