भारतका तर्फबाट संघीय राज्य माइक्रोनेसियालाई वार्षिक २ लाख अमेरिकी डलर को अनुदान

भारत र माइक्रोनेसियाले मङ्गलबार क्षमता निर्माण लगायत विकास साझेदारीमा सहयोग गर्न तत्परता देखाएका छन्।

भारत र संघीय राज्य माइक्रोनेसिया (एफएसएम) ले द्विपक्षीय सम्बन्ध, हिन्द प्रशान्त टापु सहयोग (एफआईपिआईसि), र जलवायु कार्य बारे छलफल गरेका छन्।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भारतीय पक्षबाट विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंह र माइक्रोनेसियाको संघीय राज्य का विदेश मामिला विभागका सचिव (मन्त्री) कान्धी ए एलिएसर बीच वस्तुतः ढाँचामा छलफल भएको थियो।

सो छलफल मा दुई पक्ष बीच द्विपक्षीय सम्बन्धमा भएको प्रगति, विकास सहयोग, हिन्द प्रशान्त टापु सहयोग र जलवायु कार्य बारे विचार आदानप्रदान भएको थियो।

यसका साथै दुवै देश थप संलग्नता विस्तार का निम्ति पनि तत्पर रहेका छन्।

दक्षिण-दक्षिण सहयोग र संयुक्त राष्ट्र संघको एसआईडिएस मञ्च मार्फत दुई देशबीच सम्बन्ध विकसित भएको हो।

भारतले माइक्रोनेसियामा क्षमता निर्माण र मानव संसाधन विकासमा गति प्रदान गर्न भारतीय प्राविधिक तथा आर्थिक सहयोग मार्फत सहयोग प्रदान गर्दै आएको छ।

भारतका तर्फबाट संघीय राज्य माइक्रोनेसियालाई वार्षिक २ लाख अमेरिकी डलर को अनुदान प्रदान गरिंदै आएको छ।

माइक्रोनेसियाले पनि भारतका लागि महत्त्वपूर्ण मुद्दाहरूको समर्थन गर्दै आएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूमा भारतीय उम्मेदवारी र २०११-१२ मा युएनएससी मा गैर-स्थायी सदस्यता का लागि भारतको उम्मेदवारी लाई माइक्रोनेसियाले समर्थन प्रदान गरेको थियो।