भारत र नेपाल बीच बहुपक्षीय र बहुक्षेत्रीय विकास साझेदारी स्थापित

नेपालको प्राथमिकता क्षेत्रमा रहेको पूर्वाधार निर्माण लक्ष्य हासिल गर्ने प्रयास मा भारतले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसै प्रतिबद्धता को निरन्तरता स्वरुप नेपालको दार्चुला जिल्लामा भारतीय अनुदान सहयोगमा निर्माण भएका दुई विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ ।

दार्चुला जिल्लामा रहेको श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालयको २ करोड ३३ लाख नेपाली रुपैयाँ को लागतमा निर्माण सम्पन्न भएको छ। साथै १ करोड २७ लाख लागतमा श्री मोती महिला संघ प्राथमिक विद्यालयको निर्माण कार्य सम्पन्न भएको छ। नेपालस्थित भारतीय दूतावासले जनाए अनुसार आइतबार भारतीय नियोग उपप्रमुख नामग्या खम्पाले यी विधालय को उद्घाटन गरेकी छिन्।

यसै सन्दर्भमा नेपालस्थित भारतीय दूतावासले ट्विटमा भनेको छ, " २ करोड ३३ लाख लागतमा निर्माण सम्पन्न भएको दार्चुला जिल्ला स्थित महाकाली-७ धाप को श्री मालिकार्जुन नमुना माध्यमिक विद्यालय को नँया भवनको आज उद्घाटन भएको छ। भारतीय नियोग उपप्रमुख नामग्या खम्पाले यी विधालय को उद्घाटन गरेकी छिन्।"
https://twitter.com/IndiaInNepal/status/1464967135550078980?s=20

अर्को छुट्टै ट्वीटमा, भारतीय दूतावासले भनेको छ, “दार्चुला जिल्लाको टिंकर, खलंगामा रहेको श्री मोती महिला संघ प्राथमिक विद्यालयको नयाँ भवनको पनि सुश्री नामग्या खम्पाले उद्घाटन गर्नुभएको छ। १ करोड २७ लाख लागतमा सो नँया भवनको निर्माण सम्पन्न भएको हो।"
https://twitter.com/IndiaInNepal/status/1464963722397425669?s=20
भारत र नेपाल बीच बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारी स्थापित छ। यसले दुवै देशका जनता झन् निकट भएका छन्।

सन् २००३ देखि भारतले नेपालका सात वटा प्रदेशमा तल्लो स्तरीय विकास र निर्माण परियोजना सञ्चालन गर्दै आएको छ। जस अन्तर्गत शिक्षा, खानेपानी, जडान, सरसफाइ र अन्य सार्वजनिक उपयोगिता का क्षेत्रमा ४ सय ५४ वटा परियोजना निर्माण भइसकेका छन्।

यस परियोजना मध्ये ६० वटा प्रदेश ५ मा रहेका छन्। रुपन्देही जिल्लामा १० वटा परियोजना सम्पन्न भएका छन् र २ वटा परियोजना को निर्माण कार्य सञ्चालन मा छन्। त्यस्तै प्रदेश ५ मा‌ नै थप ३ वटा परियोजनाको निर्माण कार्य सञ्चालन मा छन्।

सन् २०१५ को विनाशकारी भूकम्प का कारण क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माण मा पनि भारतले सहयोग प्रदान गरिरहेको छ। जस अन्तर्गत नेपाली रुपैयाँ ५ सय ८० करोड को लागत मा नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गरिंदैछ।