लेखमा महत्त्वपूर्ण तथ्य समावेश नगरी गलत व्याख्या

शनिबार नोभेम्बर महिनाको २७ तारिखमा प्रकाशित लेखको शीर्षक 'पश्चिममा भारतको सहिष्णुताको छवि क्षीण छ। भर्खरैको क्रिकेट मा भएको हारले यसको पुष्टि गर्दछ।' रहेको छ।

यस लेखमा टि २० पुरुष विश्वकपको खेलमा पाकिस्तान सँग भारतको हार सँग अनेकन घट्ना जोडेर तथ्यहीन समाचार छापिएको छ। यी जानकारी तथ्य मा आधारित पक्कै पनि छैनन्।

यस लेखमा केही अपुष्ट तथ्य छन् जसका बारे हामी प्रकाश पार्न चाहन्छौं।

लेख मा भनिएको छ:

क्रिकेट मा हार पछि हिन्दू बाहुल्य देश भारतमा जातीय-धार्मिक तनाव बढेको छ। पाकिस्तान मुस्लिम बाहुल्यता भएको भारतको नजिक को छिमेकी मुलुक हो। हारपछि क्रिकेट का दर्शक ले भारतीय टोलीका एकमात्र मुस्लिम खेलाडी मोहम्मद शामीलाई अनुचित रूपमा दोषी ठहराउँदै अनलाइन दुर्व्यवहार गरेका छन्।

यस लेखमा प्रकाशित जानकारी तथ्य बाट कोशौं टाढा छ।

पाकिस्तानसँग भारतको पराजय पछि विभिन्न समाचार संस्थानले शमी प्रति गरिएको यस दुर्व्यवहार को फेदमा पुग्ने प्रयास गरेका थिए।

तारा कार्थले नोभेम्बर महिनाको १ तारिखमा द प्रिन्टमा के लेखेकी थिइन् हेरौं।

" एक अज्ञात ट्विटर खाता, सम्भवतः केरलाबाट, ले मनपर्ने भारतीय क्रिकेट खेलाडी विरुद्ध दुर्व्यवहारको 'भविष्यवाणी' गरेका थिए। त्यसपछि वास्तवमा नै उनी प्रति दुर्व्यवहार बढ्दै गएको छ। यसले यस घट्नाको चरण-दर-चरण विश्लेषण दिन्छ। वास्तवमा जम्मा १६ वटा कथन सामाजिक सञ्जाल मा राखिएको थियो जसमध्ये ८ वटा धार्मिक रूपमा प्रेरित थिए।"

यी फेसबुकले हटाएका पोष्टहरू थिए, तर मौलिक पोष्टहरू स्वतन्त्र विचार प्रदान गर्ने दाबी गर्ने समाचार प्रकाशन द कश्मीर वालाका सम्पादक फहाद शाह जस्ता मान्य व्यक्ति ले प्रचार गरेका थिए। यसका साथै ५० हजार प्रशंसक रहेका अमेरिकी मिडियामा भारतीय नीतिको आलोचक बनेका लेखक मोहम्मद जीशान ले पनि यो मुद्दा उठाएका थिए। उनको पहिलो लेख काश्मिरमा आधारित थियो जुन वाशिंगटन पोस्टमा प्रकाशित भएको थियो। यस सूचीमा पाकिस्तानको सूचना तथा प्रसारण मन्त्री फवाद हुसेन चौधरी पनि थिए। त्यसपछि अलजजिरा ले यस लेखको झन् बढी प्रचार प्रसार गर्यो। त्यसपछि सम्पूर्ण कथा 'हामी बनाम उनीहरू' मा परिणत भयो। भारतीय राय-निर्माताहरूले अमेरिकी मिडियामा स्पष्ट रूपमा धेरै दुर्व्यवहार गरिएको शमीका लागि उनीहरूको समर्थन दोहोर्याएका थिए।

यदि वास्तविक तथ्य हर्ने हो भने भारतीय क्रिकेट टोलीका कप्तानले बढी दुर्व्यवहार सहनु परेको छ। त्यसपछि पाकिस्तान मिडिया ले इन्स्टाग्राम का केही फोटो को प्रयोग गरी यस समाचारलाई अझ बढी उछाल्यो। तर यी समाचार मा शमी सबैभन्दा बढी रुचाइएका खेलाडी हुन् भन्ने समाचार भने प्रकाशित गरिएन। छोटकरीमा, एक 'घृणा अभियान' नै शुरु भएको थियो। कश्मीरी राजनीतिज्ञहरूले पनि खेलाडि रति आफ्ना समर्थन प्रदर्शन गरे। जसका कारण भारत एक मुस्लिम लाई घृणा गर्ने मुलुक जसले आफ्नै खेलाडी लाई पनि होच्याउने गर्दछ को रुपमा प्रस्तुत गरियो।"

द प्रिन्ट मा पूरा लेख पढ्नुहोस्

https://theprint.in/opinion/hate-against-shami-bangladesh-violence-kashmir-targeting-disinformation-our-greatest-threat/759880/


न्युज १८ ले पनि यस विवाद बारे अक्टोबर महिनाको २६ तारिख मा एक लेख प्रकाशित गरेको थियो।

'शमी प्रति दुर्व्यवहार विरुद्ध निर्मित आक्रोश' नामक शिर्षक को लेखमा विभिन्न कथन को गहन अध्ययन गरिएको थियो जसअनुसार प्राय कथन पाकिस्तान बाट आएको देखिएको थियो।

यस लेखमा केही त्यस्ता सामाजिक सञ्जाल मा राखिएका कथन बारे ध्यानाकर्षण गराइएको छ।

तर एनबिसि समाचार लेखका लेखकले यी पक्षहरूलाई समावेश गर्न छुटाएका छन्।

प्रतिवेदनमा उत्तर प्रदेशमा पाकिस्तानको जितको खुसी मनाउने कश्मीरी विद्यार्थीहरू विरुद्ध देशद्रोहको मुद्दा चलाइएको उल्लेख छ। त्यस्ता घटनामा देशको कानुनको सान्दर्भिक प्रावधान अनुसार कारबाही हुन्छ भन्नु पर्याप्त हुन्छ । साथै, यस्ता मुद्दाहरू सधैं उचित न्यायिक प्रक्रियाबाट गुज्रिन्छन्।

एनबिसि समाचार लेख मा भनिएको छ:

सन् २०१४ बाट कार्यभार सम्हालेका हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा मुस्लिमहरू विरुद्ध भेदभाव र हिंसा तीब्र भएका छन्। जसले समाजलाई ध्रुवीकरण गरिरहेको छ र धार्मिक सहिष्णुताको लागि भारतको स्थापित प्रतिष्ठालाई कमजोर बनाउँदैछ।

धार्मिक सहिष्णुता भनेको भारतीयहरूले सधैं गर्व गर्ने कुरा हो।

सन् २०२१ को जुन महिनामा प्यु अनुसन्धान केन्द्र ले गरेको सर्वेक्षण अनुसार:

"भारतीयहरूले धार्मिक सहिष्णुतालाई राष्ट्रको केन्द्रीय भागको रूपमा हेर्छन्। सच्चा भारतीय ले सबै धर्मको सम्मान गर्दछन्। र सहिष्णुता एक धार्मिक साथै नागरिक मूल्य हो। आफ्नो धार्मिक समुहको हिस्सा हुनु भनेको सम्पुर्ण धर्मको सम्मान गर्नु हो भन्ने हरेक भारतीय को अवधारणा छ।"

"भारत औपनिवेशिक शासनबाट मुक्त भएको ७० वर्ष भन्दा बढी भइसकेको छ। अधिकांश भारतीय ले स्वतन्त्रता पछि आदर्श मूल्यमान्यतामा बाँचेको महसुस् गर्दछन्। एक यस्तो समाज जहाँ धेरै धर्मका अनुयायीहरू स्वतन्त्र रूपमा बस्न र अभ्यास गर्न सक्छन्।"

भारतको विशाल जनसङ्ख्या विविध छ। विश्वका अधिकांश हिन्दू, जैन र सिखहरू भारतमा बस्छन्, तर भारत विश्वको सबैभन्दा ठूलो मुस्लिम जनसंख्या र लाखौं ईसाई र बौद्धहरूको घर पनि हो," सर्वेक्षणले उल्लेख गरेको छ।

प्यु अनुसन्धान केन्द्र को सर्वेक्षण सन् २०१९ को अन्त्य र सन् २०२० को शुरुवात (महामारी अघि) मा ३० हजार वयस्कहरू सँग १७ भाषाहरूमा गरिएको आमने-सामने अन्तर्वार्तामा आधारित छ। सर्वेक्षण अनुसार प्रायः सबै भारतीय ले आ-आफ्ना धर्म मान्न उनीहरू स्वतन्त्र रहेको बताएका छन्।

सर्वेक्षण को नतिजा यसमा हेर्नुहोस:

https://www.pewforum.org/2021/06/29/religion-in-india-tolerance-and-segregation/


अक्टोबर महिनामा बंग्लादेश मा हिन्दू विरोधी हिंसा भएको थियो जसलाई त्रिपुरामा भएको घट्ना सँग एनबिसि ले जोडेको छ।

लेखमा भनिएको छ:

बंगलादेश मा भएको हिन्दु को मृत्यु पछि भारतको त्रिपुरा राज्यको हिन्दू राष्ट्रवादी समूहले विरोध जुलुसहरू आयोजना गरे र राज्यभरिका मुस्लिम समुदायका मस्जिद, पसल र घरहरूमा तोडफोड गरे।

भाजपा शासित त्रिपुरामा हिंसासँग सम्बन्धित कोही पनि पक्राउ परेका छैनन्। तर प्रहरीले साम्प्रदायिक घृणा फैलाएको आरोपमा पत्रकार, वकिल र १०० भन्दा बढी सामाजिक सञ्जाल खातावालाहरू लगायत मुस्लिम विरोधी आक्रमणको खबर गर्ने वा टिप्पणी गर्ने दर्जनौं व्यक्तिहरूलाई पक्राउ गर्यो।

त्रिपुरा प्रहरीले केही क्षेत्रमा आगजनी र हिंसाको समाचार आएपछि मुद्दा दर्ता गरेको छ र उनीहरूले मस्जिद तोडफोड भएको घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।

यो सत्य हो कि सामाजिक सञ्जालमा रिपोर्ट गर्ने वा टिप्पणी गर्ने धेरै व्यक्तिहरू विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ तर आरोपमा साम्प्रदायिक घृणा फैलाएको उल्लेख गरिएको छ।

त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देबले प्रहरी महानिदेशक वी एस यादवलाई मुद्दाहरूको "समीक्षा" गर्न र रिपोर्ट पेश गर्न निर्देशन दिएका छन्।

वास्तवमा सामाजिक सञ्जालमा के भएको देखिन्छ भन्ने सन्दर्भमा प्रहरी कारबाही हेर्नु पनि उत्तिकै जरुरी छ ।

शनिबार (नोभेम्बर २७) मा द इन्डियन एक्सप्रेसको एक लेखले त्रिपुरा पुलिसलाई उद्धृत गर्दै भन्यो "कम्तिमा १४ वटा लिङ्कहरू छन् जुन भारत बाहिरबाट उत्पन्न भएका छन् जसले देश बाहिर र धार्मिक समूहहरू बीच घृणा फैलाउने र अशान्ति सिर्जना गर्ने षड्यन्त्रको खुलासा गरेको छ। "

लेख अनुसार, पुलिसले सामाजिक सञ्जाल मा राखिएको एक कथन पाकिस्तानको आतंकवादी संगठन सँग सम्बन्ध राख्ने 'आईएएम काउन्सिल' को रहेको दावी गरेको छ। यस संगठनले तालिवान लाई समर्थन प्रदान गरिरहेको र पाकिस्तानको जासुसी एजेन्सी इन्टर सर्भिसेजसँग मिलेर भारत विरुद्ध विदेशी संगठनसँग षड्यन्त्र गरिरहेको खुलासा भएको छ।

"६८ वटा ट्विटर कथनको विश्लेषण गर्दा पाकिस्तानी सेनाका एक सेवानिवृत्त मेजरले सूचीमा एक अनिर्दिष्ट प्रयोगकर्ताको प्रोफाइलको ट्वीटमा अन्तरक्रिया गरेको देखिएको थियो। यद्यपि, सूचीबद्ध ट्विटर प्रयोगकर्ताको ट्वीट अनुपलब्ध थियो किनभने उनको प्रोफाइल पनि हटाइएको थियो।

इन्डियन एक्सप्रेसको पूरा लेख पढ्नुहोस्

https://indianexpress.com/article/north-east-india/tripura/biplab-deb-dgp-review-uapa-cases-tripura-violence-7644611/


यसरी एनबिसिले बिना कुनै तथ्यको जाँच गरी यो लेख सम्प्रेषण गरेको पुष्टि भएको छ। जसले गर्दा यी सम्पूर्ण घट्नाक्रम को अलग व्याख्या हुनपुगेको छ।