डिसेम्बर महिनाको १ तारिख को‌ मध्यरात बाट नँया दिशानिर्देश लागू हुने

गत २४ घण्टामा ८ हजार ३ सय ९ जना नँया संक्रमित विरामी थपिएका छन्। यसका साथै नयाँ सार्स-कोभ-२ भेरियन्ट (ओमिक्रोन) देखा परेपछि केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार संशोधित 'अन्तर्राष्ट्रिय आगमनका लागि दिशानिर्देश' जारी गरेको छ।

डिसेम्बर महिनाको १ तारिख को‌ मध्यरात बाट नँया दिशानिर्देश लागू हुनेछ।

कोभिड–१९ महामारीको व्यवस्थापनमा सक्रिय र जोखिम वर्गलाई ध्यान मा राख्दै केन्द्रीय स्वास्थ्य मन्त्रालयले यी दिशानिर्देशहरू जारी गरेको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

अद्यावधिक दिशानिर्देशले 'जोखिममा रहेका देशहरू' भनी पहिचान गरिएका देशहरूबाट भारत आउने सबै यात्रुहरू (कोविड १९ खोपको स्थितिलाई ध्यान नदिई) अनिवार्य रूपमा विमानस्थलमा कोविड १९ परीक्षण अनिवार्य रूपमा गराउनुपर्छ। त्यस्तै प्रस्थान गर्नु ७२ घन्टाअघि पनि परिक्षण गर्नुपर्ने बताइएको छ।

सकरात्मक देखिएका यात्रुहरूलाई नँया व्यवस्थापन अनुसार अलग्गै राखेर उपचार गरिने छ, साथै उनीहरूको सम्पूर्ण जीनोम सिक्वेन्सिङका लागि नमूनाहरू पनि संकलन गरिनेछ।

नकरात्मक परिणाम देखिएका यात्रु भने विमानस्थलबाट बाहिर निस्कन पाउने तर ७ दिनसम्म घरमा बस्नुपर्ने प्रावधान बनाइएको छ। भारत आइपुगेको खण्डमा ८ दिनपछि पुनः परिक्षण गर्नुपर्ने र ७ दिनसम्म स्व-निगरानी गर्नुपर्ने निर्देशन दिइएको छ।

यसबाहेक, ओमिक्रोन भेरियन्ट नदेखिएका मुलुक को हकमा भने विमानस्थल मा अनियमित आधारमा परीक्षण गर्नेुपर्ने आदेश दिइएको छ।

परिक्षण का क्रममा सकरात्मक देखिएका सम्पूर्ण मानिसलाई सार्स कोभ २ का सबै प्रकारका भेरियन्टहरू (ओमिक्रोन सहित) को उपस्थिति निर्धारण गर्न इम्साकोग प्रयोगशाला मा सम्पूर्ण जीनोमिक अनुक्रमणको लागि पठाइनेछ।

पहिलोपटक ओमिक्रोन नोभेम्बर महिनाको २४ तारिख मा दक्षिण अफ्रिका मा देखिएको थियो।

डब्लुएचओ अन्तर्गत सार्स कोभ २ भाइरस सम्बन्धी प्राविधिक सल्लाहकार समूहले यस भाइरसको प्रकारलाई चिन्ताको विषय भएको बताएको छ। यो भाइरस छिटो प्रसार हुनसक्दछ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यस बारे निगरानी गरिरहेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा ९ हजार ९ सय ५ जना निको भएका छन् जसका साथ भारत भर निको हुने को संख्या ३ करोड ४० लाख ८ हजार १ सय ८३ पुगेको छ।‌

हाल देशको संक्रमण मुक्त दर ९८.३४ प्रतिशत पुगेको छ।

सक्रिय संक्रमित संख्या भने १ लाख ३ हजार ८ सय ५९ पुगेको छ।

राज्यहरूलाई पनि अन्तर्राष्ट्रिय यात्रुहरूको कडा निगरानी गर्न, परिमार्जन बढाउन, कोभिड-१९ को केन्द्र अनुगमन गर्न, स्वास्थ्य पूर्वाधारको वृद्धि सुनिश्चित गर्न, सम्पूर्ण जीनोम अनुक्रमका लागि नमूनाहरू लिन पनि सल्लाह दिइएको छ।

स्वास्थ्य मन्त्रालयले महामारीको विकसित प्रकृति माथि निगरानी राख्न जारी राखेको छ।‌‌ कोभिड उपयुक्त व्यवहार (मास्कको प्रयोग, शारीरिक दूरी, हातको सरसफाइ र श्वासप्रश्वासको सरसफाइ) को कडा पालना र कोभिड-१९ को खोप सञ्चालन गर्ने कार्य कोभिड-१९ व्यवस्थापनको मुख्य आधार बनेको छ।

विस्तृत दिशानिर्देशहरू यहाँ उपलब्ध छन्:

https://www.mohfw.gov.in/pdf/GuidelinesforInternationalarrival28112021.pdf