नोभेम्बर महिनाको ३ तारिख मा विश्व स्वास्थ्य संगठनद्वारा आपतकालीन प्रयोग का लागि कोभ्याक्सिनलाई अनुमति प्रदान

भारत बायोटेकले भारतमा उत्पादित कोभिड–१९ खोप कोभ्याक्सिन निर्यात सुरु गरेको कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ

लामो समयदेखि बाँकी रहेका निकासी आदेशहरू नोभेम्बर महिनामा कार्यान्वयन भएका छन्, जसलाई आगामी महिनाहरूमा थप विस्तार गरिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, " कोभ्याक्सिन को आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्ने देशहरूको संख्या बढ्दै गएको छ। तसर्थ थप देशहरूमा डिसेम्बर महिना देखि निर्यात सुचारु हुनेछ।"

"भारत बायोटेकले निर्यातलाई अनुमोदन प्रदान गरेको मा भारत सरकारलाई धन्यवाद दिन चाहन्छ। अब यस महामारी विरुद्धको विश्वव्यापी लडाई मा कोभ्याक्सिन अभिन्न अंग बन्नेछ।" विज्ञप्तिमा उल्लेख छ।

गत हप्ता, भारतको प्रमुख खोप उत्पादन कम्पनी सीरम संस्थानले अन्तर्राष्ट्रिय खोप साझेदारी कार्यक्रम कोभ्याक्स अन्तर्रगत आफ्नो खोप कोभिशिल्डको निर्यात पुनः सुरु गरेको बताएको थियो।

नोभेम्बर महिनाको ३ तारिख मा विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोग का लागि कोभ्याक्सिनलाई अनुमति प्रदान गरेको थियो। यसका साथै कोविड १९ महामारीको रोकथाम‌का निम्ति अनुमोदित खोप संख्या र प्रकार बढ्दै गएका छन्।

नोभेम्बर १२ तारिख मा, विदेश मन्त्रालय ले स्वदेशी रूपमा उत्पादित कोविड १९ खोपको विदेशी आपूर्ति फेरि सुरु भएको बताएको थियो।

विदेश मन्त्रालयको वेबसाईट अनुसार खोप मैत्री पहल अन्तर्गत, भारतले अफ्रिकाका साना र अधिक कमजोर राष्ट्रहरू सहित भौगोलिक क्षेत्रका ९५ राष्ट्र लाई कोविड १९ खोप आपूर्ति गरेको छ।

भारतले हालसम्म ६६३.६९८ लाख खप खुराक आपूर्ति गरिसकेको छ जसमध्ये १०७.१५ लाख खोप खुराक अनुदान को रुपमा र १९८.६२८ लाख कोभ्याक्स सुविधा अन्तर्गत आपूर्ति गरिएको छ‌।

भारतले यस वर्ष जनवरी महिनाको २० तारिख बाट खोप मैत्री पहल अन्तर्गत भारतमा निर्मित कोविड १९ खोपको बाह्य आपूर्ति सुरु गरेको थियो।

केही अनुदान को रुपमा प्रदान गरिएको थियो भने भारतीय उत्पादकहरू (भारतको सीरम संस्थान र भारत बायोटेक) र गाभी को कोभ्याक्स सुविधा मार्फत व्यावसायिक बिक्रि गरिएको थियो।

यद्यपि, यस वर्ष अप्रिल महिनामा महामारीको दोस्रो लहर आएपछि देशले आफ्नै जनताको आवश्यकतालाई प्राथमिकता दिन अन्य देशहरूमा खोपको आपूर्ति रोकेको थियो।

भारतले यस वर्ष जनवरी महिनाको १६ तारिख देखि विश्वको सबैभन्दा ठूलो खोप अभियान सञ्चालन गरेको थियो।

अभियानको प्रारम्भिक चरणमा खोप उपलब्धता अवरोध भएका थिए। भारतको सीरम संस्थान (कोविशिल्ड) र भारत बायोटेक (कोभ्याक्सिन) जस्ता निर्माताहरूले हालका महिनाहरूमा उत्पादनलाई उल्लेखनीय रूपमा बढाएका छन्।