कोलम्बो रक्षा सम्मेलन को नेतृत्व मा अभ्यास

शनिबार र आइतबार भारत-श्रीलंका-माल्दिभ्स बीच त्रिपक्षीय केन्द्रित सञ्चालन हुँदै छ। सामुद्रिक सुरक्षा क्षेत्रमा सहकार्य गर्नु यस अभ्यासको मुख्य उद्देश्य रहेको छ।

श्रीलंका स्थित भारतीय उच्चायोगको विज्ञप्ति अनुसार कोलम्बो रक्षा सम्मेलन (सीएससी) को नेतृत्व मा हुने यस अभ्यासलाई गत वर्ष नोभेम्बर महिनामा चौथो राष्ट्रिय सुरक्षा सल्लाहकारको त्रिपक्षीय बैठकमा संस्थागत गरिएको थियो र यस वर्ष मार्च महिनामा कोलम्बोमा सचिवालय स्थापना गरिएको थियो।

यस अभ्यासले मानक सञ्चालन प्रक्रियाहरू (एसओपी) लाई सुव्यवस्थित बनाउन र तीन नौसेना बीच अन्तरसञ्चालन क्षमता बृद्धि गर्न मद्दत पुग्नेछ।

विज्ञप्ति अनुसार भारतीय नौसेना तर्फबाट आईएनएस सुभद्रा अपतटीय गस्ती जहाज र पि८आई लामो दुरीका सामुद्रिक गस्ती विमान यस अभ्यासमा भाग लिंदै छन्। श्रीलंका का तर्फबाट एसएलएनएस समुदुरा र माल्दिभ्स का तर्फबाट एमएनडिएफ सामुद्रिक शोध विमान डोर्नियर सहभागी हुँदै छन्।

दुई दिन हुने यस कार्यक्रम मा सम्बन्धित ईईजेड मा लागूऔषध नियन्त्रण, समुद्रमा खोज र उद्धार, हवाई निगरानी र प्रभावकारी सञ्चार स्थापना अभ्यास समावेश गरिएका छन्।

यस वर्षको अगस्ट महिनामा बसिएको सिएससी एनएसए बैठकले यस क्षेत्रमा साझा सुरक्षा चुनौतिको सामना गर्ने दिशामा बृहत् अन्तरसञ्चालन र समझदारी हासिल गर्न कार्ययोग्य संलग्नताहरू विकसित गरेको थियो।

गत हप्ता, भारत, श्रीलंका र माल्दिभ्सले मित्रतालाई अझ सुमधुर बनाउन, आपसी परिचालन क्षमता अभिवृद्धि गर्न, अन्तरक्रियात्मक अभ्यास वृद्धि गर्न र तीन देशका तटरक्षकहरू बीच सहयोग निर्माण गर्ने उद्देश्यले पाँच दिने संयुक्त द्विवार्षिक सैन्य अभ्यास ‘दोस्ती’ सञ्चालन गरेका थिए।

यो वर्ष भारत, श्रीलंका र माल्दिभ्सको संयुक्त सैन्य अभ्यास शुरु भएको ३० वर्ष पूरा भएको छ।