अन्तर्राष्ट्रिय यात्रुहरूको परीक्षण र निगरानीमा एसओपी समीक्षा गरिने

केन्द्रीय गृह सचिव अजय कुमार भल्लाले आइतवार नयाँ कोविड १९ संस्करण 'ओमिक्रोन' को परिप्रेक्ष्यमा एक आकस्मिक बैठकको अध्यक्षता गर्नुभएको छ। उक्त बैठकमा समग्र विश्वव्यापी स्थितिको व्यापक समीक्षा गर्नुका साथै रोकथाम का उपाय र स्वास्थ्य सेवा सुदृढीकरण बारे छलफल भएको थियो।

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीहरूसँग यसै विषय मा छलफल गर्नुभएको थियो। उनलाई नयाँ संस्करण ओमिक्रोन र यसको विशेषताहरू, अन्य देशमा यसको प्रभाव र भारतमा यसको प्रभावबारे जानकारी दिइएको थियो।

गृह मन्त्रालय (एमएसए) का प्रवक्ता ले ट्वीटरमा यसबारे जानकारी दिएका छन्।

गृह मन्त्रालय का प्रवक्ताले एक ट्वीटमा भने, "बैठकमा सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूको परीक्षण र निगरानी गरिने निर्णय लिएको छ। विशेष गरी 'जोखिम' वर्गमा पहिचान भएका देशहरूको लागि मानक परिचालन प्रक्रियाको समीक्षा गर्ने निर्णय गरिएको छ।"

"विभिन्न विज्ञहरू, डा वीके पल, सदस्य (स्वास्थ्य), नीति आयोग, प्रधानमन्त्रीका प्रमुख वैज्ञानिक सल्लाहकार डा विजय राघवन र स्वास्थ्य, नागरिक उड्डयन र अन्य मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग बैठक भएको थियो।"

ट्वीटमा थप भनिएको छ, " यस नँया भाइरसको पत्ता लाउन जीनोमिक निगरानीलाई अझ बलियो र तीव्र बनाइनेछ। विमानस्थल तथा बन्दरगाह मा खटिएका स्वास्थ्य अधिकारीहरुलाई कडा निगरानीको लागि संवेदनशील बनाइनेछ।"

" विकसित विश्वव्यापी परिदृश्य अनुसार निर्धारित व्यावसायिक अन्तर्राष्ट्रिय यात्रु सेवा पुन: सुरु गर्ने प्रभावकारी मितिको निर्णय गरिनेछ। देशभित्र देखिने महामारीको अवस्थालाई निरन्तर निगरानी गरिनेछ।"