मन्त्रीद्वारा राष्ट्रिय र क्षेत्रीय सुरक्षा अन्तरसम्बन्धमा जोड

माल्दिभ्स को सुरक्षा बलको व्यावसायिकता र परिचालन क्षमता वृद्धि का निम्ति भारत को सहयोग अत्यावश्यक रहेको माल्दिभ्सका रक्षा मन्त्री मारिया दीदीले बताएकी छिन्।

मालदिभ्स र भारत बीच रक्षा सहयोग साझेदारी समानता, आपसी विश्वास र लाभ मा आधारित रहेको माल्दिभ्सका रक्षामन्त्री मारिया दीदीले शनिबार बताएकी छिन्।

इजिमालाको भारतीय नौसेना शिक्षण संस्था (आईएनए) मा आयोजित शरद अवधिको पासिङ आउट परेड (पीओपी) मा सम्बोधन गर्दै, माल्दिभ्सका रक्षा मन्त्रीले मालदिभ्स का सुरक्षा बलको आत्मनिर्भरता, व्यावसायिकता, परिचालन क्षमता अभिवृद्धि, र क्षमता विस्तार का निम्ति भारतको सहयोग आवश्यक रहेको बताएकी छिन्।

कोभिड–१९ महामारी लगायत संकटका बेला भारतले मालदिभ्स को सहयोग गरेको र भारत मालदिभ्स को विकास साझेदार रहेको बताएकी छिन् ।

एसियाकै ठूलो नौसेना शिक्षण संस्था को पीओपी कार्यक्रममा प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिइएको उनी पहिलो विदेशी मन्त्री हुन्।

उत्तीर्ण भएका सैन्य विधार्थी लाई सम्बोधन गर्दै माल्दिभ्सकी मन्त्रीले प्रतिष्ठित संस्थाले उनीहरूलाई यस पेशामा उत्कृष्ट हुनका लागि सुसज्जित र तयार गरेको उल्लेख गरेकी छिन्। उनीहरूको ज्ञान, प्राविधिक सीप, रणनीतिक कौशल र नेतृत्वले हाम्रो समुदाय र हाम्रा मानिसहरूको रक्षा र सुरक्षा सुनिश्चित गर्ने पनि उनले बताएकी छिन्।‌

मन्त्रीले राष्ट्रिय र क्षेत्रीय सुरक्षाको अन्तरसम्बन्धमा जोड दिँदै स्नातकहरूको कार्य र निर्णयले भारतको मात्र नभई बृहत् क्षेत्रको सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरिन्।

मन्त्रीले भनिन्, "तपाईले गर्ने हरेक गस्ती, तपाइँ उपस्थित हुने हरेक घटनाले भारत, छिमेकी र फराकिलो हिन्द महासागरको सुरक्षामा सकारात्मक योगदान पुर्‍याउँछ।"

माल्दिभ्सका मन्त्रीले २ सय ३१ जना स्नातकहरूलाई उनीहरू ले देखाएको दृढ संकल्प र भावनामा अडिग रहन आग्रह गरेकी छिन्।

उनले भनिन्, " यस संस्थाले तँपाईलाई जित्ने इच्छाशक्ति, अथक लगनशीलता र विजयको लागि अथक प्रयास गर्न प्रशिक्षण प्रदान गरेको छ। तपाईंको राष्ट्रले तपाईंसँग यही आशा राखेको छ।"

मन्त्री मारियाले प्रशिक्षण अवसरहरू मार्फत मालदिभ्स राष्ट्रिय रक्षा बल (एमएनडिएफ) को तटरक्षक व्यावसायिकीकरण र परिचालन क्षमता निर्माण प्रक्रियामा आईएनएको निरन्तर योगदान रहेको जानकारी दिइन्।

नौसेना प्रमुख एडमिरल करमवीर सिंहको निमन्त्रणामा भारत भ्रमणको क्रममा रक्षामन्त्रीले भारतको दक्षिणी नौसेना कमाण्ड र इजिमाला स्थित भारतीय नौसेना शिक्षण संस्था को भ्रमण गरेकी छिन्।

दक्षिणी नौसेना कमाण्ड - भारतीय नौसेना को प्रशिक्षण कमाण्ड ले एमएनडिएफ ले रुचाएका सबै क्षेत्रहरु मा प्रशिक्षण र विकास अवसरहरु प्रदान गर्ने आश्वासन दिएको छ।