दुई नेताबीच यो पहिलो व्यक्तिगत भेट

विदेश मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन डिसेम्बर महिनाको ६ तारिख मा भारत भ्रमणमा आउनु हुने भएका छन्। उनी प्रधानमन्त्री मोदीसँग २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्।

पछिल्लो भारत रुस वार्षिक शिखर सम्मेलन सन् २०१९ को सेप्टेम्बर महिनामा भएको थियो। त्यस समय प्रधानमन्त्री नरेन्द्र मोदी भ्लादिभोस्तोक को (रूस) भ्रमणमा हुनुहुन्थ्यो।‌

कोभिड–१९ महामारीका कारण सन् २०२० मा हुनुपर्ने वार्षिक शिखर सम्मेलन हुन सकेको थिएन।

सन् २०१९ को नोभेम्बर महिनामा आयोजित ब्रिक्स शिखर सम्मेलनको पृष्ठभूमीमा दुई नेताबीच भेट भएको थियो। त्यसपछि पहिलो पटक यी दुई बीच व्यक्तिगत भेट हुँदैछ।

सन् २०१९ नोभेम्बर महिना देखि दुई नेताबीच ६ वटा टेलिफोन वार्ता भइसकेको छ भने बहुपक्षीय शिखर सम्मेलनका लागि वस्तुतः ढाँचामा भेटवार्ता पनि भएको छ।

नेताहरूले द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्नेछन् र दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपाय बारे छलफल गर्नेछन्।

यस शिखर सम्मेलनले आपसी हितका क्षेत्रीय, बहुपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने अवसर पनि प्रदान गर्नेछ।

भारत र रुस बीच आलोपालो प्रक्रिया अनुसार वार्षिक शिखर सम्मेलन हुने गर्दछ। यसै क्रममा यस पटक को शिखर सम्मेलन नँया दिल्ली मा आयोजित हुँदै छ।

रुसी राष्ट्रपति को यस भ्रमणले भारत-रूस विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीलाई थप गति दिनेछ।