कोभिड–१९ को नयाँ संस्करणबाट उत्पन्न खतरालाई ध्यानमा राखी देशको तयारीको समीक्षा गर्न प्रधानमन्त्री मोदीको अध्यक्षतामा बैठक

शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले कोविड १९ जनस्वास्थ्य तयारी र खोप अवस्थाको समीक्षा गर्न बैठक को अध्यक्षता गर्नुभएको थियो। सो बैठक वस्तुतः ढाँचामा आयोजित भएको थियो। बैठक २ घण्टा सम्म चलेको थियो।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा देखापरेका कोभिड-१९ संक्रमण बारे प्रधानमन्त्री मोदीलाई जानकारी गराइएको थियो।

महामारी को शुरुवात देखि नै विभिन्न मुलुकमा धेरै प्रकारका कोविड १९ संस्करण देखिएको अधिकारी ले जानकारी दिएको थिए।

देशभर देखिएका कोविड १९ मामिला, परीक्षण दर तथा सकरात्मक दर बारे प्रधानमन्त्री मोदी ले जानकारी लिएका थिए।

प्रधानमन्त्रीलाई खोपको प्रगति र ‘हर घर दस्तक’ अभियान अन्तर्गत भइरहेको प्रयासबारे जानकारी गराइएको थियो।

प्रधानमन्त्री कार्यालय अनुसार प्रधानमन्त्री मोदी ले कोविड १९ खोप को दोस्रो खुराक लाउन आवश्यक रहेको र पहिलो खुराक लिएका हरेक नागरिकलाई दोस्रो खुराक लिन प्रोत्साहित गर्नुपर्ने बताएका थिए।

सका साथै देशमा देखिएको सेरो-सकारात्मकता र जनस्वास्थ्य प्रतिक्रियामा यसको प्रभावको बारेमा पनि प्रधानमन्त्री लाई जानकारी दिइएको थियो।

अधिकारीहरूले प्रधानमन्त्रीलाई कोविड महामारीको नँया भेरियन्ट 'ओमिक्रोन’का विशेषताहरू र विभिन्न देशमा देखिएको प्रभावबारे जानकारी गराएका थिए ।

भारतमा यसको असरबारे पनि छलफल भएको थियो । प्रधानमन्त्री मोदीले नयाँ भेरियन्टको प्रकाशमा सक्रिय हुन आवश्यक रहेको बताएका थिए।

नँया भेरियन्ट देखिन सक्ने हुनाले मानिसहरू अधिक सतर्क हुन आवश्यक रहेको र अनिवार्य मास्क लाउन तथा सामाजिक दूरी जस्ता उचित सावधानी अपनाउनुपर्ने आवश्यकता रहेको प्रधानमन्त्री ले औंल्याएका थिए।

यसका साथै उनले जोखिम मा भएका मुलुकको पहिचान गर्न र अन्तर्राष्ट्रिय आगमनको अनुगमन, दिशानिर्देश अनुसार तिनीहरूको परीक्षण‌ गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले अधिकारीहरूलाई नयाँ प्रमाणको प्रकाशमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धहरू सहज बनाउने योजनाहरूको समीक्षा गर्न पनि आग्रह गरेका छन्।

उनले अन्तर्राष्ट्रिय यात्रु र समुदायबाट मापदण्ड अनुसार जिनोम सिक्वेन्सिङ नमूना सङ्कलन गरी इन्साकोग अन्तर्गत स्थापना भइसकेका प्रयोगशाला र कोभिड–१९ व्यवस्थापनका लागि पहिचान गरिएका प्रारम्भिक चेतावनी सङ्केतहरूको सञ्जाल मार्फत परीक्षण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले क्रमबद्ध प्रयासलाई थप फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले राज्य र जिल्ला स्तरमा उचित सचेतना सुनिश्चित गर्न राज्य सरकारहरूसँग मिलेर काम गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। साथै संक्रमण दर बढी देखिएका राज्यमा गहन नियन्त्रण र सक्रिय निगरानी जारी राख्नुपर्ने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन पनि उनले निर्देशन दिएका छन्।‌

प्रधानमन्त्री मोदीले भेन्टिलेशन र हावामा हुने भाइरसको व्यवहार बारेमा जागरूकता सिर्जना गर्न आवश्यक रहेको पनि बताउनुभयो।

नँया औषधि उत्पादनमा सहज दृष्टिकोण अपनाइरहेको अधिकारी ले‌ जानकारी दिएका छन्। विभिन्न औषधि को भण्डारण गर्न तथा राज्यहरूसँग समन्वय गर्न उनले अधिकारीहरूलाई निर्देशन दिएका छन्।

उनले बाल चिकित्सा सुविधाहरू सहित चिकित्सा पूर्वाधारको समीक्षा गर्न राज्यहरू सँग सहकार्य गर्न अधिकारीहरूलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीले अधिकारीहरूलाई पिएसए अक्सिजन प्लान्ट र भेन्टिलेटरहरूले उचित कार्य गरिरहेको सुनिश्चित गर्न र यस सन्दर्भमा राज्यहरूसँग समन्वय गर्न पनि निर्देशन दिएका छन्।