देशले व्यापारलाई छिटो र सहज बनाएर व्यवसायलाई आधुनिक बनाएको छ

विदेश सचिव हर्षवर्धन श्रृङ्लाले बिहीबार भारतले नँया व्यापार व्यवसाय का निम्ति अतुलनीय वातावरण सिर्जना गरेको र ती मध्ये धेरै प्राविधिक रहेको बताएका छन्।

नयाँ दिल्लीमा आयोजित आधुनिक गुजरात वैश्विक सम्मेलन को उद्घाटन समारोहमा उनले भने, " भारतले पनि व्यापारलाई आधुनिक बनाएको छ। हामीले डिजिटल प्रक्रियाहरू, अनलाइन कारोबारहरू र एकल बिन्दु प्रणाली मार्फत व्यापारलाई छिटो र सहज बनाएका छौं।"

कार्यक्रममा राजदूत तथा कूटनीतिक नियोगका सदस्यहरुको सहभागिता रहेको थियो ।

उनले थप भने, " सरकारी लाभको प्रत्यक्ष स्थानान्तरण लगायत डिजिटल भुक्तानीहरू अब पूर्ण कार्यान्वयनमा छन्। भारतले नँया व्यापार व्यवसाय का निम्ति अतुलनीय वातावरण सिर्जना गरेको छ र ती मध्ये धेरै प्राविधिक रहेका छन्।"

विदेश सचिव श्रृङ्लाले भने, " आधुनिक गुजरात वैश्विक सम्मेलनको परिकल्पना प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सन् २००३ मा गरेका थिए, जब उनी गुजरातका मुख्यमन्त्री थिए। अहिलेसम्मका सबै शिखर सम्मेलनहरूमा उनको उपस्थिति सबैका लागि प्रेरणाको स्रोत भएको छ।"

दशौँ संस्करणमा प्रधानमन्त्रीको उपस्थितिले विश्वका शीर्ष नेता र प्रमुख कार्यकारी अधिकृतलाई अन्तरक्रिया गर्ने अवसर प्रदान गर्ने उनले बताएका छन् ।

"शिखर सम्मेलनको विषय ‘आत्मनिर्भर गुजरात देखि आत्मनिर्भर भारत’ रहेको छ। प्रधानमन्त्रीद्वारा सुरु गरिएको आत्मनिर्भर भारत अभियानले भारतलाई भरपर्दो विश्वव्यापी आपूर्ति शृङ्खलाको केन्द्र बनाउन चाहन्छ।"

“हालका महिनाहरूमा धेरै नीतिगत उपायहरू घोषणा गरिएका छन् जसले भारतलाई यस दिशामा लैजानेछ। आर्थिक खुलापन, सुशासन र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई नियन्त्रण गर्न र अभिवृद्धि गर्न महत्वाकांक्षी संरचनात्मक सुधारहरू सुरु गरिएको छ,” उनले भने।

" भारतमा लगानी आकर्षित गर्न उत्पादन प्रोत्साहन योजना जस्ता नीतिगत उपायहरू मार्फत उत्पादनलाई बढावा दिन थालिएको छ।"

गुजरात र सिङ्गो देश अहिले पहिले जस्तो व्यापारको लागि तयार रहेको बताउँदै उनले सरकारले व्यापार गर्न सजिलो बनाउन ठूलो जोड दिएको बताएका छन्।

वस्तु तथा सेवा करको कार्यान्वयन र करको सरलीकरण र समेकनका अन्य उपायहरूले लेनदेन लागत घटेको छ र व्यापार गर्न सजिलो भएको छ।

उनले भारतले आफ्नो पूर्वाधार सुधार गर्न ठूलो मात्रामा सार्वजनिक लगानी गरिरहेको जानकारी दिए। प्रधानमन्त्रीले भर्खरै गति शक्ति - बहु-नमुना जडानको लागि राष्ट्रिय योजना सुरु गर्नुभएको छ। जुन निर्बाध रूपमा भारतलाई जोड्न निर्माण गरिएको हो। राष्ट्रिय शिक्षा नीतिले जनशक्तिलाई शिक्षित बनाउने ढाँचा तयार गरेको छ।

“हालसालै कोप२६ शिखर सम्मेलनमा बोल्दै, प्रधानमन्त्रीले पञ्चामृत वा पाँच अमृत तत्वहरू मार्फत भारतको जलवायु महत्वाकांक्षा घोषणा गर्नुभयो। प्रधानमन्त्रीको घोषणा अनुरूप, भारत नवीकरणीय ऊर्जा केन्द्र बनिरहेको छ, ऊर्जा परिवर्तन सुरु गर्दै नयाँ हरित अर्थतन्त्र सिर्जना गर्ने दिशामा अघि बढिरहेको छ।"

भारतले आफ्नो राष्ट्रिय हाइड्रोजन अभियान अन्तर्गत हरित हाइड्रोजन उत्पादन र निर्यातको लागि वैश्विक केन्द्र बन्ने योजना बनाएको छ।

यस सन्दर्भमा उनले भने, " गुजरात राज्य हाम्रो देशको अग्रणी औद्योगिक केन्द्र र सबैभन्दा लगानीकर्ता मैत्री राज्यहरू मध्ये एक हो।
राज्य पेट्रो रसायन, कपडा, औषधि, सवारी साधन, र रत्न र गहना लगायतका क्षेत्रहरूमा गुजरात अग्रणी छ।"

फ्रान्सेली कम्पनी का निम्ति गुजरात केन्द्र बनिरहेको छ। हरित भारतीय अर्थतन्त्र बनाउन गुजरात प्रमुख योगदानकर्ता हो। राज्यले नवीकरणीय ऊर्जा उत्पादनका लागि महत्वाकांक्षी लक्ष्यहरू राखेको छ र यस क्षेत्रमा धेरै प्रोत्साहनहरू विस्तार गरेको छ।"

महामारी पछि आर्थिक पुनरुत्थान का निम्ति गुजरात लागिपरेको छ। कोविड १९ आर्थिक अवरोधको बाबजुद सन् २०२१ मा भारतमा ८१.७२ अर्ब अमेरिकी डलर बराबरको एफडीआई प्रवाह भएको छ। गुजरात ले सबै भन्दा बढी वैदेशिक लगानी भित्र्याएको थियो।

गुजरातले महामारी पछि आफ्नो उत्पादन आधारहरू विविधीकरण गर्न खोज्ने विश्वव्यापी कम्पनीहरूको लागि ढोका खोलेको उनले बताएका छन्।

भारत सरकारले नयाँ लगानी आकर्षित गर्न र आर्थिक गतिविधि बढाउन आफ्नो प्रयासमा राज्य सरकारसँग साझेदारी गरिरहेको विदेश सचिवले जनाएका छन्।