उत्कृष्ट परिचालन अभ्यास र अनुभवहरू साझा

भारतीय र फ्रान्सेली सेना बीच बार्ह दिन लामो गहन सैन्य प्रशिक्षण भएको थियो जुन बिहिबार सम्पन्न भएको छ। यो अभ्यास भारत-फ्रान्स द्विवार्षिक अभ्यास शक्ति २०२१ को छैठौं संस्करण अन्तर्गत गरिएको हो।

यस अभ्यास मा दुवै देशका सेनाले आतंकवादी विरोधी अभ्यास मा आ-आफ्ना सिप र शक्ति प्रदर्शन गरेका थिए।‌‌

रक्षा मन्त्रालयले शुक्रबार जनाए अनुसार यस अभ्यास ले दुवै सहभागी देशबीच स्थापित सैन्य कूटनीतिमा अर्को आयाम थपेको छ ।

गहन कठिन अभ्यास पछि फ्रान्सेली शहर फ्रेजुस मा शक्ति २०२१ समापन भएको थियो।

यसले दुवै सेनालाई संयुक्त राष्ट्र संघको बडापत्र अन्तर्गत संयुक्त वातावरणमा आतंकवाद विरोधी अभियानमा तालिम लिने अवसर प्रदान गरेको छ।

अभ्यास दुई चरणहरूमा सञ्चालन गरिएको थियो। अर्ध शहरी वातावरणमा आतंकवाद विरोधी अभियान र रणनीतिक प्रशिक्षण प्रदान गरिएको थियो।

"दुबै दस्ताले आफ्ना उत्कृष्ट परिचालन अभ्यास र अनुभवहरू साझा गरेका छन्। दुवै देशका सेना सामरिक अभ्यास मात्र नभइ खेलकुद र सांस्कृतिक गतिविधिहरूमा पनि समावेश भएका थिए।"

मन्त्रालयका अनुसार दुवै देशका सेनाले मापदण्ड अनुसार राम्रो आचरण प्रस्तुत गरेका थिए।