भारतीय सेना प्रमुख ‘बंगलादेश स्वतन्त्रता @५० वर्ष बिजय’ पुस्तकको विमोचनमा सहभागी

भारतीय सेनाका प्रमुख जनरल एमएम नरभानेले चीनको नाम नलिई आधिपत्यवादी दृष्टिकोण भएका देशहरू अन्तर्राष्ट्रिय स्तरमा यथास्थिति परिवर्तन गर्न काम गरिरहेको भन्दै चीनलाई प्रहार गरेका छन् ।

बुधबार नँया दिल्ली मा भूमि युद्ध अध्ययन केन्द्र मा आयोजित 'बंगलादेश स्वतन्त्रता @५० वर्ष बिजय' नामक पुस्तकको विमोचनमा बोल्दै जनरल नरभानेले भने, "कुनै देशहरूले परम्परागत मान्यता र निर्देशन लाई बेवास्ता गरी अरूको क्षेत्रीय अखण्डतालाई पूर्ण रूपमा बेवास्ता गरेर यथास्थितिलाई परिवर्तन गर्न खोजिरहेका छन्।"

चीनले एलएसी मा भारतसँगको सम्झौतालाई बेवास्ता गर्ने मात्र नभएर अन्य विभिन्न राष्ट्रहरू सँग दक्षिण चीन सागरमा सामुद्रिक सीमा विवादमा समेत संलग्न भएको उनले बताएका छन्।

सेना प्रमुखले भारत-बंगलादेश सीमा संकल्पको प्रशंसा गर्दै अन्य राष्ट्रहरूको क्षेत्रीय अखण्डतालाई बेवास्ता गर्ने देशहरू पनि रहेको औंल्याएका छन्।

"हाम्रा राष्ट्रहरू बीचको ऐतिहासिक भूमि सीमा सम्झौताले आपसी वार्ता र सीमा विवाद कसरी समाधान गर्ने भन्ने अनुपम उदाहरण प्रस्तुत गरेको छ," जनरल नरवणेले भने।

बंगलादेश स्वतन्त्र संग्रामले लाखौं बंगला दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन र भाग्य परिवर्तन गरेको सेना प्रमुखले स्वीकार गरेका छन्।

भारतीय सेना प्रमुखले भने, "म दुवै सीमानाका ती बहादुर हृदयहरूलाई श्रद्धांजलि अर्पण गर्दछु जसले भोलिको उज्यालो र सुरक्षा का लागि सबै अर्पण गरे।"

उनले बंगलादेशमा स्वतन्त्रता प्राप्त गर्न भारतीय सेनासँग लडेका बंगला स्वतन्त्र नेताहरूको पनि प्रशंसा गरेका छन्।

“बंगलादेश र भारतले लामो यात्रा तय गरिसकेका छन्, हाम्रो मित्रता समयको परीक्षामा खडा भएको छ। साझा जरा भएका छिमेकीहरूको रूपमा, हामी सँगै बढ्दै जान्छौं र चुनौतीहरू, अवसरहरू र भाग्यहरू साझा गर्छौं।"जनरल नरभानेले भने।

क्लजद्वारा आयोजित यस कार्यक्रम मा सन् १९७१ स्वतन्त्रता संग्राम मार्फत बंगलादेशको स्वतन्त्रता मा भारत र बंगलादेश दुबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको स्वीकार गरिएको छ।

सन् २०२१ मा दुवेै देशले कूटनीतिक सम्बन्ध स्थापना को ५० वर्ष मनाउँदैछन्। यसै वर्ष बंगलादेश स्वतन्त्रता को स्वर्ण जयन्ती र बंगबन्धु शेख मुजिबुर रहमानको जन्मशताब्दी पनि हो। त्यसकारण यो वर्ष निकै महत्त्वपूर्ण मानिएको छ।‌