उन्नत लडाकु उपकरण जडान गरिएका स्कर्पेन पनडुब्बी अत्यन्त शक्तिशाली जहाज

भारतीय नौसेनाले स्कर्पेन श्रेणीको शक्तिशाली पनडुब्बी आईएनएस भेला सञ्चालन गरेको छ।

परियोजना-७५ अन्तर्रगत छ वटा पनडुब्बी जहाज निर्माण कार्य मध्ये चौथो पनडुब्बी आइएनएस भेला बिहीबार नौसेना प्रमुख एडमिरल करमवीर सिंहको उपस्थितिमा नौसेना जहाज निर्माण स्थल मुम्बई मा सञ्चालन गरिएको छ।

यस कार्यावन्यनलाई एक प्रमुख उपलब्धि को रुपमा वर्णन गर्दै, रक्षा मन्त्रालयले आईएनएस भेला पश्चिमी नौसेना कमाण्डको पनडुब्बी समुहको हिस्सा बन्ने बताएको छ।

स्कोर्पेन पनडुब्बी अत्यन्त शक्तिशाली लडाकु जहाज हुन्। यस जहाज मा अत्याधुनिक प्रविधि, लामो दूरीको निर्देशित टार्पेडोका साथै विमान विरोधी क्षेप्यास्त्र जडान गरिएका छन्।

यी पनडुब्बीमा अत्याधुनिक सोनार र सेन्सर पनि जडान गरिएका छन्।

यस जहाज मा प्रोपल्सन मोटरको रूपमा उन्नत स्थायी चुम्बकीय सिंक्रोनस मोटर पनि जडान गरिएको छ।

भारतको मजगाँउ जहाज निर्माण स्थल लिमिटेड, मुम्बई, एम‌एस जहाज समुह, र फ्रान्स को सहकार्य मा यस जहाज को निर्माण गरिंदै छ।

सांसद अरविन्द सावन्त, प्रमुख अधिकारी पश्चिमी नौसेना कमाण्डका भाइस एडमिरल आर हरि कुमार, अध्यक्ष तथा प्रबन्ध निर्देशक, मजगन डक शिपबिल्डर्स लिमिटेडका भाइस एडमिरल नारायण प्रसाद (सेवानिवृत्त) र रक्षा मन्त्रालयका अन्य वरिष्ठ नागरिक र सैन्य अधिकारीहरू यस समारोहमा उपस्थित थिए।

यस अवसरमा सन् २००९ मा खारेज गरिएको रुसी मूलको फक्सट्रोट वर्ग पनडुब्बी पनि उपस्थित थियो।

भेला को निर्माण ले भारतीय नौसेना लाई 'निर्माण नौसेना' को रुपमा स्थापित गरेको छ। यसका साथै यस जहाज निर्माण ले एमडीएलको क्षमतालाई पनि उजागर गरेको छ।

‘आजादी का अमृत महोत्सव’ र ‘स्वर्णिम विजय वर्ष’ को अवसरमा पनडुब्बी सञ्चालनमा आएको हो ।