बिहिबार भारत बेलायत बीच साइबर प्रतिरोध संयुक्त कार्य समूहको पहिलो बैठक सम्पन्न

प्रभावकारी साइबर प्रतिरोध रणनीतिहरू निर्माण गर्न एकअर्कासँग मिलेर काम गर्न भारत र बेलायत सहमत भएका छन्।

साइबर प्रतिरोध चुनौतीहरूलाई सम्बोधन गर्न उनीहरुले नियमित परामर्श गर्ने निर्णय पनि गरेका छन्।

बिहीबार भएको साइबर प्रतिरोध भारत-बेलायत संयुक्त कार्य समूहको पहिलो बैठकमा यस विषयमा छलफल भएको थियो।

विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार दुवै पक्षले साइबर प्रतिरोध सम्बन्धित विभिन्न मुख्य पक्षहरू मा छलफल गरेका छन्। सन् २०१८ को अप्रिल महिना को १७ तारिख मा नँया दिल्ली मा भारत बेलायत रुपरेखा अन्तर्गत द्विपक्षीय साइबर सहयोग का लागि हस्ताक्षर भएको थियो। सोही अनुसार सो सहयोगलाई अझ गहिरो बनाउने उपायहरूबारे पनि यस बैठकमा छलफल भएको थियो।

वस्तुतः ढाँचामा आयोजित उक्त बैठकका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयका सहसचिव (साइबर कूटनीति) अतुल मल्हारी गोतसुर्वेले गरेका थिए। बेलायती प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक राष्ट्रमंडल विकास कार्यालय (एफसीडीओ) का साइबर निर्देशक विल मिडलटनले गरेका थिए ।

बैठकमा दुवै देशका आ–आफ्ना मन्त्रालय र विभागका वरिष्ठ साइबर अधिकारीहरुको सहभागिता रहेको थियो ।