भारत र फिनल्याण्ड बीच प्रजातन्त्र, स्वतन्त्रता, कानूनको शासन र मानव अधिकारको सम्मान जस्ता साझा मूल्यमा आधारित न्यानो र मित्रवत सम्बन्ध स्थापित

विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्ति अनुसार भारत र फिनल्याण्ड बीच मंगलबार हेलसिन्की शहरमा विदेश कार्यालय परामर्शको ११ औं चरणको बैठक सम्पन्न भएको छ। सो बैठकमा द्विपक्षीय सम्बन्धमा भएको सम्पूर्ण प्रगतिको समीक्षा गरिएको थियो।

यस सन्दर्भमा विदेश मन्त्रालयले भनेको छ, "परराष्ट्र कार्यालय परामर्शले व्यापार र लगानी, शिक्षा, डिजिटलाइजेशन, कृतिम बुद्धिमता, क्वान्टम कम्प्युटिङ, नवाचार, दिगो विकास, सर्कुलर, अर्थव्यवस्था र नवीकरणीय ऊर्जा जस्ता विविध क्षेत्रहरूमा हाम्रो साझेदारीलाई अझ सुदृढ पार्ने उपाय बारे छलफल गर्न अवसर प्रदान गरेको छ।"

"सन् २०२१ को मार्च महिना को १६ तारिख मा प्रधानमन्त्री नरेन्द्र मोदी र फिनिस प्रधानमन्त्री सन्ना मारिनबीच भएको वस्तुतः शिखर सम्मेलनले हाम्रो द्विपक्षीय सम्बन्धमा बलियो गति थपेको छ।"

विदेश कार्यालय परामर्शको क्रममा, दुबै पक्षले सो शिखर सम्मेलन पछि भएको प्रगतिको समीक्षा गरेका थिए र व्यावसायिक शिक्षा, अन्तरिक्ष, स्टार्टअप, स्वास्थ्य र औषधि जस्ता नयाँ क्षेत्रहरूमा सहयोग अन्वेषण गर्न पनि सहमत भएका थिए।

भारतमा १ सय भन्दा बढी फिनल्याण्डका कम्पनी कार्यरत छन् भने फिनल्याण्डमा ३० भारतीय कम्पनीको उपस्थित रहेको छ। यसले‌पनि दुई देश को अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ।

भारतीय पक्षले भारतमा निर्माण, डिजिटल भारत जस्ता प्रमुख पहलहरूमा योगदान दिन फिनल्याण्डका कम्पनीहरूलाई निमन्त्रणा दिएको छ।

दुवै पक्षले विद्यार्थी र पेशाकर्मीको आवागमन लगायत दुवै देशबीच थप गतिशीलताको आवश्यकताबारे छलफल गरेका थिए। यस सन्दर्भमा, उनीहरूले भर्खरै सम्पन्न भएको एयर बबल व्यवस्थामा सन्तुष्टि व्यक्त गरेका थिए। यसले भारत र फिनल्याण्ड बीच सीधा उडानहरू पुनः सुरु गर्न सक्षम बनाउनेछ।

दुवै पक्षबीच कोभिड–१९ को अवस्था र दुवै देशमा खोप अभियानका बारेमा छलफल भएको थियो । छलफलले जलवायु परिवर्तन र २०३० एसडिजी एजेन्डालाई पनि समेटेको थियो।

फिनल्याण्ड पक्षले भारत स्वतन्त्रताको ७५ वर्ष को उपलक्ष्यमा भारतलाई बधाइ दिएको छ र यो महत्त्वपूर्ण अवसरको सम्झनामा आयोजना गरिने विभिन्न कार्यक्रम मा भाग लिन उत्सुक रहेको बताएका छन्।

दुबै पक्षले अफगानिस्तान, हिन्द प्रशान्त, भारत-ईयू साझेदारी, आर्कटिक र अन्टार्कटिका क्षेत्रहरूमा सहयोग र कोप२६ लगायत पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गरेका छन्।

दुवै पक्षले संयुक्त राष्ट्र मानव अधिकार परिषद् (२०२२-२०२४) र अन्य बहुपक्षीय मञ्च मा आफ्ना सहयोग बढाउन सहमत भएका छन्।

एफओसीमा भारतीय पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव (पश्चिम) रीनत सन्धु र फिनल्याण्ड प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका स्थायी सचिव म्याट्टी एन्टोनेनले गरेका थिए ।

एफओसी बैठक पछि, सचिव (पश्चिम) ले फिनल्याण्डका विदेश मन्त्री पेक्का हाभिस्टोसँग शिष्टाचार भेट गरी द्विपक्षीय सम्बन्धमा सकारात्मक मार्गबारे छलफल गर्नुभएको थियो र क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्नुभएको थियो।