दुवै पक्षबीच बुधबार छैटौं चरणको परराष्ट्र परामर्श बैठक सम्पन्न भएको छ

भारत र अर्जेन्टिनाले बुधबार व्यापार र लगानीलाई सुदृढ पार्ने, कृषि तथा औषधि उत्पादनका लागि बजार पहुँच दिने, सूचना प्रविधि क्षेत्रमा सहयोग र जनता–जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउने उपाय पहिचान गरेका छन्।

भारत र अर्जेन्टिना बीच बुधबार नयाँ दिल्लीमा भएको छैठौं चरणको विदेश कार्यालय परामर्शमा यस विषयमा छलफल भएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सचिव (पूर्व) रिभा गांगुली दासले गरेकी थिइन् भने अर्जेन्टिना प्रतिनिधिमण्डलको नेतृत्व उप विदेशमन्त्री पाब्लो टेटामन्तीले गरेका थिए। भनिएको छ ।

सन् २०१९ मा दुई देशबीच को सौहार्दपूर्ण सम्बन्ध रणनीतीक साझेदारी मा‌ परिबर्तन भएको थियो। यसै सन्दर्भमा यस बैठकमा दुवै पक्ष ले बहुआयामिक सम्बन्ध मा भएको प्रगति को समीक्षा गरेका छन्।

रक्षा, अन्तरिक्ष, आणविक ऊर्जा, खनिज, ऊर्जा (परम्परागत र नवीकरणीय), तेल र ग्यास (परम्परागत र शेल), स्वास्थ्य र औषधि, कृषि, आयुर्वेद, विकास सहयोग, विज्ञान र प्रविधि, लगायत पारस्परिक हितका धेरै क्षेत्रमा जारी द्विपक्षीय सहयोगलाई फराकिलो बनाउन दुवै पक्ष सहमत भएका छन्।

कोभिड समयमा पारस्परिक सहयोगको स्मरण गर्दै दुवै पक्ष ले महामारी विरुद्धको लडाई र महामारी पछिको पुनरुत्थान मा आपसी सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुवै पक्षले विभिन्न क्षेत्रीय र वैश्विक मुद्दाहरूमा विचार आदानप्रदान गरेका छन् र बहुपक्षीय मञ्च मा विद्यमान समन्वयलाई सुदृढ गर्ने निर्णय गरेका छन्।

परामर्श मैत्री, न्यानो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अर्को परामर्श ब्यूनस आयर्समा पारस्परिक रूपमा सुविधाजनक मितिमा गर्न दुवै पक्ष सहमत भएका छन्।