भारतीय उद्योग वाणिज्य मन्त्री पियुष गोयलद्वारा अक्टोबर महिनाको १ तारिख मा मण्डपको उद्घाटन

दुबई एक्सपो२०२० मा ५० भन्दा कम दिनमा साढे तीन लाख व्यक्तिले भारतीय मण्डप को भ्रमण गरेका छन्। अमेरिकी कालिगढ संस्था एआईए ले भारतीय मण्डप लाई सर्वोत्कृष्ट घोषणा गरेको छ।

एआईए अध्यक्ष डेनियल एस. हार्टले एक्सपो २०२० मा भारतको उल्लेखनीय उपलब्धिको बारेमा भने, " हामी एक्सपो २०२० मा भारतको यात्रा र सफलताको एक हिस्सा हुन पाउँदा खुसी छौं र भारतको उपलब्धि देखेर खुसी छौं। एआईए मा, हाम्रो प्राथमिक लक्ष्य दिगो अभ्यासहरूमा ध्यान केन्द्रित गरी ग्रहको सुरक्षा सुनिश्चित गर्नु हो।"

उनले थपे, “भारतीय मण्डपले देशको विविध सांस्कृतिक पृष्ठभूमिको प्रतिनिधित्व गर्दै यो उपलब्धि हासिल गरेको छ। यस मण्डपले देशको समृद्ध इतिहास मात्र देखाएको छैन, तर धेरै अवसरहरू, सम्भावनाहरूलाई पनि प्रतिनिधित्व गरेजो छ र भविष्यको निम्ति अवसर पनि प्रदान गरेको छ।"

भारत मण्डपको विशिष्टताको बारेमा कुरा गर्दै, दुबईस्थित भारतीय महावाणिज्य दूतावास अमन पुरीले भने, “भारत मण्डप प्रतिको प्रतिक्रिया र दिक्षु कुक्रेजाको नेतृत्वमा रहेको सीपी कुकरेजा आर्किटेक्ट्सले गरेको काम देखेर हामी खुसी छौं।"

“ एक्सपो२०२० दुबईमा सबैभन्दा प्रतिष्ठित मण्डप मध्ये एकको रूपमा भारत मण्डपलाई छनौट गरेकोमा एआईए लाई धन्यवाद दिन चाहन्छौं। ' मनलाई जोड्दै भविष्यको‌ निर्माण' भन्ने विषयलाई मण्डप संरचना ले अनुवाद गरेको हामीले विश्वास लिएका छौं।"

"जसरी भारतले संस्कृति र प्रभावहरूको समृद्ध मिश्रणको प्रतिनिधित्व गर्दछ, त्यस्तै हाम्रो वास्तुकला सम्पदाले पनि प्रतिनिधित्व गरेको छ। भारत मानवताको विशाल घर हो र विविधतायुक्त राष्ट्र हो, भारत मंडपले यस विविधतालाई सुन्दरताका साथ प्रस्तुत गरेको छ र भारतको कथा बताएको छ।"

दुबई स्थित भारतीय महावाणिज्यदूत ले भने, "हरेक दिन, हामी हजारौं उत्साहित आगन्तुकहरू देख्छौं जो मंडपको अन्तरक्रियात्मक प्रकृतिबाट मंत्रमुग्ध हुन्छन्। हामी यस्ता धेरै आगन्तुकहरूको स्वागत गर्न र गतिलाई कायम राख्न तत्पर छौं।"

"एआईए द्वारा मान्यता प्राप्त गर्न पाउनु ठूलो सम्मान हो, र हामी एक्सपोमा हाम्रो देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी छौं," भारत मंडपका प्रमुख वास्तुकार दिक्षु सी कुक्रेजाले भने।

"हामीले एक्सपो२०२० दुबईको महत्त्वलाई बुझ्दछौं, र भारतको विविधता, सम्पदा र विश्वव्यापी मञ्चमा धेरै अवसरहरू प्रस्तुत गर्न मंडप बनाएका हौं।"

"भारतको वास्तुकला पुरातन स्मारक बाट विकसित भएको हो र अहिले विश्वव्यापी समकालीन वास्तुकलासँग बराबरी भएको छ भन्ने कुरा विश्वलाई देखाउन पाउँदा खुसी लागेको छ," कुकरेजाले भने।

" हामीले दिगोपन, गतिशीलता र सम्पर्क जस्ता एक्स्पो विषयहरूलाई ध्यानमा राख्दै स्वतन्त्रता पछि हाम्रो देश मा भएको परिवर्तन देखाउन यो मंडप बनाएका हौं। एक्सपो को विषयवस्तु परिवर्तन हुँदै गर्छ, त्यसकारण हाम्रो देशको विविधता देखाउन र आगन्तुकहरू सँग अन्तरक्रिया गर्न महत्त्वपूर्ण भएको छ।"

भारत मंडपलाई सबैभन्दा प्रतिष्ठित संरचनाहरू मध्ये एकको रूपमा मान्यता प्रदान गरेको मा एआईए लाई धन्यवाद दिँदै कुक्रेजाले भने, "भारतको सांस्कृतिक र आर्थिक वृद्धिको प्रतिनिधित्व गर्ने हाम्रो लक्ष्यलाई मूर्त उपलब्धिमा अनुवाद गरिएको छ।"

भारतका वाणिज्य तथा उद्योग, उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण र कपडा मन्त्री पियुष गोयलले अक्टोबर १ तारिखमा उद्घाटन गरेपछि, भारतीय मंडपले भारतका उपलब्धिहरू र भविष्यका योजनाहरूलाई प्रवर्द्धन गर्न उद्योग र राज्य-विशिष्ट कार्यक्रमहरूको आयोजना गरेको छ।

थप रूपमा, मंडपले भारतको समृद्ध सांस्कृतिक विरासतलाई प्रदर्शन गरेको छ र भारतको संस्कृति, प्रविधि र व्यापार सम्भावनाको अद्वितीय मिश्रणलाई देखाउने धेरै सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेको छ।

भारतीय मंडपको बाहिरी भाग ६ सय अलग-अलग रंगीन इँटाहरू मिलेर बनेको छ जुन सार्न सकिन्छ। यसले भारत परिवर्तन को दिशामा रहेको जनाउँछ।

आगन्तुकहरूले मंडपमा प्रयोग गरिएका एआई र भिआर जस्ता प्रविधिहरू पनि प्रयोग गर्न सक्छन्। यसबाट उनीहरू वस्तुतः ढाँचामा भारतको भ्रमण गर्न सक्छन्।

जबकि परम्परागत भारतीय पक्षहरूले हाम्रो देशको समृद्ध सांस्कृतिक र परम्परागत विगतलाई प्रकाश पार्दछ। त्यस्तै आधुनिक वास्तुकला अवधारणाले भारतको आर्थिक र वैज्ञानिक शक्तिको प्रदर्शन गर्दछ।