योशिमासा हायासीलाई हालै जापानको नयाँ विदेशमन्त्री को पदमा नियुक्त गरिएको छ

विदेश मन्त्री एस जयशंकरले सोमबार जापानका नयाँ विदेश मन्त्री योशिमासा हयाशी सँग टेलिफोन वार्ता गरेका छन्। उक्त वार्ता मा उनले हिन्द प्रशान्त, अफगानिस्तान, म्यानमार र यात्रा सहजीकरण सम्बन्धी मुद्दाहरूमा छलफल गरेका छन्।

यसबारे ट्वीट गर्दै जयशंकरले लेखेका छन्, ‘जापानका विदेशमन्त्री योशिमासा हयाशीसँग कुरा गर्न पाउँदा खुसी लाग्यो। सम्बन्ध निर्माण गर्न अगाडि हेर्दै। आजको हाम्रो छलफलले हाम्रो द्विपक्षीय सहयोग, हिन्द प्रशान्त, अफगानिस्तान, म्यानमार र यात्रा सहजीकरणलाई समेटेको छ।'

केही दिनअघि जापानका नवनियुक्त प्रधानमन्त्री फुमियो किशिदाले योशिमासा हयाशीलाई विदेशमन्त्री पदमा नियुक्त गरेका थिए ।

अमेरिकाको हार्वर्ड युनिभर्सिटीको जोन एफ केनेडी स्कूल अफ गभर्नमेन्ट बाट स्नातकोत्तर गरेका हयाशी अङ्ग्रेजी भाषामा अत्यधिक दक्ष छन्। उनी पहिलो पटक सन् १९९५ मा जापानी संसदको माथिल्लो सदनमा निर्वाचित भएका थिए। उनी विभिन्न मन्त्रिपरिषद् पदका अनुभवी नेता पनि हुन्।

एक महिना अघि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ जापानी प्रधानमन्त्री फुमियो किशिदासँग वार्ता गरेका थिए।

अक्टोबर महिनाको ८ तारिख मा, दुई नेताहरूले द्विपक्षीय सहयोग, हिन्द प्रशान्त र क्वाड जस्ता विषयमा व्यापक छलफल गरेका थिए।

विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति मा भनिएको छ, " वार्ता मा दुवै नेताले हिन्द प्रशान्त क्षेत्र, भारत र जापानको समान दृष्टिकोण, साथै भारत र जापान बीच घनिष्ट साझेदारी बारे व्यापक छलफल गरेका थिए। साथै उनीहरूले क्वाड ढाँचा अन्तर्गत सहयोग मा भएको प्रगतिको समीक्षा पनि गरेका थिए।"

जापानले अर्को वर्ष क्वाड बैठक गर्ने अपेक्षा गरिएको छ।