विदेश मन्त्रालयकी सचिव (पूर्व) रिवा गांगुली दास शिखर सम्मेलनमा भारतको प्रतिनिधित्व गर्नेछिन्

भारतले अष्ट्रेलियासँगको साझेदारीमा समुद्री सुरक्षा सहयोगसम्बन्धी दुई दिने (नोभेम्बर २३-२४) पूर्वी एशिया शिखर सम्मेलनको आयोजना गर्दै छ। विदेश मन्त्रालयका अनुसार यो सम्मेलन कोलकाता मा आयोजना गरिनेछ।

दुई सरकार बाहेक विकासशील देशहरूको लागि अनुसन्धान र सूचना प्रणाली (आरआईएस), आसियान भारत केन्द्र (एआईसि), अष्ट्रेलियाको राष्ट्रिय सामुद्रिक संस्थान (एनएमएफ), र पूर्व र उत्तर पूर्वको अनुसन्धान केन्द्र, कोलकाता ले पनि यस सम्मेलनको आयोजना गर्दै छन्।

सम्मेलनको क्रममा, ईएएस सहभागी देशहरूका सरकार र शिक्षाविद्हरूले चार विषयगत सत्रहरू, अर्थात् समुद्री सुरक्षा अन्तर्गत समुद्री सुरक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल गर्नेछन्। जसमा स्रोत र सूचना साझेदारी; विज्ञान र प्रविधि सहयोग; र महामारी र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन विषय समावेश छन्।

कार्यक्रमको समापनमा भविष्यमा अवलम्बन गरिनुपर्ने मार्ग बारे चर्चा गरिनेछ।