आईटी क्षेत्रमा बेइजिङको नियामक निगरानी का कारण चीनको विश्वसनीयता मा कमी: प्रतिवेदन

निक्की एसियाको आइतबारको प्रतिवेदन अनुसार भारतले पहिलो पटक विश्वव्यापी उद्यम पूंजी कोष प्राप्त गरेको छ।‌‌‌‌‌‌यसले ले देशका उद्यमीहरूका लागि सफलताको सङ्केत गरेको छ।

आफ्नो विश्लेषणमा, निक्कीले एसियामा चीनले विश्वसनीयता गुमाएपछि भारतले विश्वव्यापी उद्यम पूंजी कोष प्राप्त गरेको उल्लेख गरेको छ।

ट्राक्सन, भर्खरको तथ्यांक मुल्यांकन केन्द्र का अनुसार यस वर्ष २ सय ११ लगानीकर्ता ले भारतमा लगानी गरेका छन्। जबकि अघिल्लो वर्ष जम्मा ६४ जनाले लगानी गरेका थिए।‌

प्रमुख लगानीकर्ता मध्ये एन्ड्रेसन, होरोविज, टिसिभि, भित्रुवियन, र जिएसभि हुन्।

प्रतिवेदन अनुसार सन् २०१४ बाट भारतमा लगानी गर्न छोडेको सिलिकन भ्याली भेन्चर पुँजी संस्था ले पनि भारतमा लगानी गर्न इच्छा जताएको छ।

ट्राक्सन का अनुसार हालसम्म ५ सय ९७ वटा व्यापार ले भारतमा २ हजार २ सय ८४ सम्झौता गरिसकेका छन्।

आईटी क्षेत्रमा बेइजिङको नियामक निगरानी का कारण चीनको विश्वसनीयता मा कमी आएको छ। जसका कारण भारत लगानी का लागि प्रमुख केन्द्र बनेको छ।

भारतमा सार्वजनिक बजारको वृद्धि र कोविड १९ महामारी पछि अनलाइन सेवाहरूको द्रुत अवलम्बनले वैदेशिक लगानी बढेको हो।

गत वर्ष अक्टोबर महिनामा जनवरी क्यापिटलले केवाइटि द्वारा २५ लाख अमेरिकी डलर बराबरको कोष संकलनमा सहभागी भएर पहिलो पटक भारतमा लगानी गरेको थियो।


एन्ड्रेसन र होरोविजले भारतमा क्रिप्टो मुद्रा संस्था कोइनस्विच कुवेर मा लगानी गरेको छ भने भित्रुवियन ले रसद स्टार्टअप पोर्टरलाई प्रायोजन गर्दैछ। टिसिभिले काल्पनिक खेलकुद स्टार्टअप ड्रिम ११ मा लगानी गरेको छ।

सिबि इनसाइट्स का अनुसार ८५ करोड इन्टरनेट प्रयोगकर्ताहरू भएको भारतमा सेप्टेम्बर महिना सम्म १९.५ अर्ब अमेरिकी डलर को लगानी भित्रिएको छ। जुलाई-सेप्टेम्बर त्रैमासिकमा आधा रकम अर्थात् ९.९ अर्ब अमेरिकी डलर भित्रिएको थियो।

यसको तुलनामा, चीनमा जुलाइ-सेप्टेम्बर अवधिमा कुल २५.५ अर्ब अमेरिकी डलर बराबरको उद्यम पूँजी लगानी भएको छ। लगातार दुई चौथाई संकुचन पछि मात्र सो लगानी भित्रिएको हो।