यो बर्ष यस संयुक्त सैन्य अभ्यास को ३० वर्ष पूरा

भारत, श्रीलंका र माल्दिभ्सले शनिबारदेखि पाँचदिने संयुक्त द्विवार्षिक सैन्य अभ्यास ‘दोस्ती’ सुरु गरेका छन् ।

भारत-माल्दिभ्स-श्रीलंका सम्मिलित त्रि-पक्षीय अभ्यास 'दोस्ती' को उद्देश्य मित्रतालाई अझ सुमधुर बनाउने, आपसी परिचालन क्षमता अभिवृद्धि गर्ने र अन्तरसञ्चालन क्षमताको अभ्यास गर्ने तथा तीन देशका तटरक्षकहरू बीच सहयोग निर्माण गर्नु रहेको छ।

विगत दश वर्षमा गरिएका अभ्यासहरू सामुद्रिक दुर्घटनामा सहयोग प्रदान गर्ने अभ्यास, सामुद्रिक प्रदूषण हटाउने, तटरक्षक को जिम्मेवारी, र तेल फैलिने अवस्थाहरूमा तटरक्षकको कार्यविधि र आचरणमा केन्द्रित थिए।

माल्दिभ्स राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ) का अनुसार भारतीय तटरक्षक जहाज आइसिजिएस वज्र, आइसिजिएस अपूर्व र श्रीलंकाली तटरक्षक जहाज एसएलसिजिएस माल्दिभ्स आइपुगेका छन्।

नोभेम्बर २० तारिख बाट सुरु भएको यो अभ्यास नोभेम्बर २४ तारिख सम्म चल्ने छ। यो बर्ष यस संयुक्त सैन्य अभ्यास को ३० वर्ष पूरा भएको छ।

सन् १९९१ मा अभ्यास दोस्ती को शुरुवात भएको थियो। तबदेखि नै माल्दिभ्स र भारतीय तटरक्षक बल अभ्यास सञ्चालन गर्न सहयोग गर्दै छन्। सन् २०१२ देखि श्रीलंका पनि यस अभ्यासमा सामेल भएको थियो।

‘दोस्ती’ अभ्यास प्रारम्भ भएको ३० वर्ष पूरा भएको अवसरमा भारत–माल्दिभ्स–श्रीलंका सम्मिलित त्रिपक्षीय सामुद्रिक अभ्यास ‘दोस्ती’ को १५ औं संस्करण नोभेम्बर महिनाको २० देखि २४ तारिखसम्म सञ्चालन हुँदैछ ।

यस वर्षको जुलाई महिनामा भारत, श्रीलंका र माल्दिभ्सका शीर्ष रक्षा अधिकारीहरु त्रिपक्षीय अभ्यास टिटिएक्स २०२१ मा भाग लिएका थिए। सो अवसरमा प्रत्येक देशका प्रतिनिधि ले खोज र उद्धार, लागूऔषध नियन्त्रण र सामुद्रिक सहयोग जस्ता साझा अन्तर्राष्ट्रिय सामुद्रिक विषयवस्तु मा विचार आदान प्रदान गरेका थिए।

जुलाई महिनाको १४ र १५ तारिख मा आयोजित सो दुई दिने कार्यक्रम मा पारस्परिक समझदारी र साझा अन्तरदेशीय अपराध विरुद्ध उत्कृष्ट अभ्यास प्रक्रिया बारे छलफल गरिएको थियो। माल्दिभ्स स्थित भारतीय उच्चायोग का अनुसार सामुद्रिक युद्ध केन्द्र, मुम्बई ले सो कार्यक्रमको समन्वय गरेको थियो।‌