आईएनएस विशाखापट्टनम पहिलो निर्देशित क्षेप्यास्त्र विनाशक जहाज

रक्षामन्त्री राजनाथ सिंहले आइतबार मुम्बईको नौसेना जहाज निर्माण स्थल मा आयोजित एक समारोहबीच आईएनएस विशाखापट्टनमलाई औपचारिक रूपमा भारतीय नौसेनामा नियुक्त गरेका छन्।‌

आईएनएस विशाखापट्टनम स्वदेशी स्टिल डिएमआर २४९ए प्रयोग गरेर निर्माण गरिएको हो। भारतमा निर्यात गरिएको सबै भन्दा ठूलो विनाशक जहाज को लम्बाई १ सय ६३ मिटर रहेको छ भने यसको तौल ७ हजार ४ सय टन भन्दा बढी रहेको छ।‌‌

आईएनएस विशाखापट्टनम पहिलो निर्देशित क्षेप्यास्त्र विनाशक जहाज हो जुन १५बी परियोजना अन्तर्गत निर्मा गरिएको हो।

जहाज को लगभग ७५ प्रतिशत हिस्सा स्वदेशी स्तरमा निर्मित गरिएको हो। यसले आत्मनिर्भर भारतलाई सार्थक बनाएको छ।‌

यो जहाज एक शक्तिशालि र अत्याधुनिक जहाज हो जो हरेक प्रकारका सामुद्रिक कार्य गर्न सक्षम छ।‌

विशाखापट्टनम जहाज मा अत्याधुनिक हतियार र सेन्सरहरू जडान गरिएका छन् जसमा सतह-देखि-सतह र सतह-देखि-हावा मा मार हान्न सक्ने क्षेप्यास्त्र, मध्यम र छोटो दूरीका बन्दुकहरू, पनडुब्बी विरोधी रकेट, र उन्नत इलेक्ट्रोनिक युद्ध र सञ्चार माध्यम समावेश छन्।

जहाज एक शक्तिशाली संयुक्त ग्यास र ग्यास प्रणोदन द्वारा संचालित छ जसले यस जहाज को गतिलाई ३० नट भन्दा बढी पुगाउने सक्दछ। यसका साथै यस जहाज मा दुई एकीकृत हेलिकप्टरहरू पनि चढाउन सकिन्छ।

यसका साथै यस जहाज मा परिष्कृत डिजिटल नेटवर्कहरू, लडाई व्यवस्थापन प्रणाली र एक एकीकृत प्लेटफर्म व्यवस्थापन प्रणाली पनि जडान गरिएको छ।