विदेशमन्त्री एस जयशंकर तीन दिने सिंगापुर भ्रमणमा हुनुहुन्छ

विदेश मन्त्री एस जयशंकरले शुक्रबार सिंगापुरका वित्तमन्त्री लरेन्स वोङसँग भेट गरेका छन् र दुई देश बीच हुनसक्ने वृद्धि सम्भावनाका बारेमा विचार आदान प्रदान गरेका छन्।

यसको बारेमा ट्वीट गर्दै, जयशंकरले लेखे: "अर्थमन्त्री @लरेन्सवोङ्गएसटी लाई भेट्न पाउँदा खुसी लागेको छ। हाम्रो सम्बन्धको बृद्धि सम्भावनामा रोचक विचार आदानप्रदान। ”

विदेश मन्त्री ले सिंगापुरका स्वास्थ्य मन्त्री ओङ ये कुङसँग पनि भेट गरी दुई देशबीचको कोभिड–१९ अनुभव र स्वास्थ्य सुरक्षा सहयोगबारे छलफल गरेका थिए।

यसअघि बिहीबार उनले सिंगापुरका विदेशमन्त्री भिभियन बालासँग फलदायी छलफल गरेका थिए । यसबारे ट्वीट मा‌ जानकारी दिदैं उनले ट्वीट मा‌ लेखे, " आज साँझ मलाई स्वागत गर्नुभएको मा एफएम@भिभियनबाला लाई धन्यवाद। सिंगापुरको दृष्टिकोण सधैं मूल्यवान हुनेछ।"

विदेशमन्त्री एस जयशंकर सिंगापुर को तीन दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। यसक्रममा उनले सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङसँग भेट गर्नेछन् र अन्य वरिष्ठ मन्त्रीहरूसँग भेटघाट गर्ने छन्।

यसअघि जयशंकरले सामाजिक नीतिका वरिष्ठ मन्त्री तथा समन्वय मन्त्री थर्मन शान्मुगररत्नमलाई पनि भेटेका थिए।

यसबारे जानकारी दिदैं जयशंकरले ट्वीटमा लेखे, " सिंगापुरका वरिष्ठ मन्त्री र सामाजिक नीति समन्वय मन्त्री @थर्मन_एस लाई भेट्न पाउँदा खुसी लागेको छ। अन्तर्राष्ट्रिय आर्थिक स्थितिमा राम्रो छलफल।"

यसै सन्दर्भमा थर्मनले नोभेम्बर १८ तारिखमा आफ्नो फेसबुक पोस्टमा लेखे, " वैश्विक र क्षेत्रीय आर्थिक प्राथमिकताहरू र हामीले निर्माण गर्नुपर्ने गहिरो सहकार्यमा रचनात्मक छलफल भएको छ।"